26.6 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

अनेरास्ववियूद्वारा भारतिय राजदुतावास वीरगंज घेराउ

अनेरास्ववियूद्वारा भारतिय राजदुतावास वीरगंज घेराउ
अनेरास्ववियु पर्सा लगायतकाले भारतिय राजदुतावास वीरगंज घेराउ गर्दै । तस्बिर : प्रणय साह

वीरगंज । सत्तारुढ दल नेकपाका निकट अनेरास्ववियू पर्साले भारतको नयाँ नक्सामा नेपाली भूमि कब्जा गरेको भन्दै आइतबार भारतीय महावाणिज्य दूतावास, वीरगंज घेराउ गरेकाे छ । भूमि रक्षामा सम्पूर्ण नेपालीहरू एकजुट होऔँ, लिपुलेक, कालापानी, लिम्पियाधुरा हाम्रो हो, सीमा अतिक्रमण बन्द गर लगायत नारासहित भारत विरुद्ध चर्को नाराबाजी गर्दै अनेरास्ववियुले दुतावास घेराउ गरेकाे हाे ।

pradarsan_kalikatimes

वीरगंजकाे घण्टाघर चौकबाट नाराबाजी सहित निकालिएको विरोध जुलुस दूतावास मूल गेट अगाडी पुगी प्रदर्शन समेत गरेकाे थियाे । विरोध कार्यक्रममा अनेरास्ववियूका नेता उमेश गुप्ता, मित्रदेव यादव, अखिलेश साह, रेयाज अंसारी, हेमन्त तमाङ्ग लगायतको सहभागिता रहेको थियो ।

त्यसैगरी देश बचाउ सङ्घर्ष समिति वीरगंजले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको तस्बिर जलाएको छ । भारतले नेपाली भूमि कब्जा गरेको आरोप लगाउँदै घण्टाघर चौकबाट भारत विरुद्ध चर्को नाराबाजी गर्दै दूतावास अगाडी प्रदर्शन सहित भारतीय प्रधानमन्त्रीको तस्बिर जलाएका हुन् । संघर्ष समितिका संयोजक महमुद आलमको नेतृत्वमा रहेका मुन्ना मियाँ समानी, समिर अहमद, मंजर मियाँ अंसारी, फैयाज आलम लगायतका युवाहरूले भारतीय प्रधानमन्त्री मोदीको तस्बिर जलाएका हुन् ।

anerasabiu_kalikatimes

प्रधानमन्त्री मोदीको तस्बिरमा आगो लगाई जलाएपछि प्रहरीले आगो निभाउने प्रयास गर्दा प्रहरी र प्रदर्शनकारी विच घम्साघम्सी समेत भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:217. Generation time:4.831 sec. Memory consumption:81.43 mb