22.1 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

महाेत्सव उदघाटन भन्दा पहिला निकालिएकाे प्रभातफेरी सम्पन्न

chalchitra mohotsaw3_kalikatimes

वीरगंज । नेपाली चलचित्र स्वर्णिम महोत्सव -२०७६ काे आज पहिलाे दिन बिरगंजमा निकालिएकाे प्रभातफेरी सम्पन्न भएकाे छ । नेपाल चलचित्र निर्माता संघको आयोजना भईरहेकाे महाेत्सवकाे प्रभातफेरी बिरगंजको घन्टाघरबाट सुरु भई माईस्थान, महाविरस्थान हुदै आदर्शनगरस्थित रंगशालामा पुगेको छ । कार्यक्रम स्थल आदर्शनगर रंगशालामा राष्ट्रपति विधा देवी भण्डारीबाट महाेत्सव उदघाटन हुने कार्यक्रम रहेकाे छ ।

रैलीमा प्रदेश न.२ का मुख्यमन्त्री माननीय मो. लालबाबु राउत गद्दी , प्रदेश सान्सद जन्नत अन्सारी , बिरगंज महानगर पालिकाका नगर प्रमुख बिजय सरावगी , नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी , नेपाल उद्योग बाणिज्य महासघका अध्यक्ष भवानी राणा, चलचित्र बिकास बोर्डका अध्यक्ष केशव भट्टराई , बिरगंज उद्योग बाणिज्य सघ पर्साका अध्यक्ष गोपाल केडिया , वरिष्ठ उपाध्यक्ष सुबोध गुप्ता , राष्ट्रिय कलाकार सरोज खड्का , धिरेन शाक्य , नरेन्द्र श्रेष्ठ , सन्जु अमात्य , रबि बस्नेत ,नन्दु श्रीवास्तव , सुनिल पन्डित, खैरुदिन अन्सारी लगायत स्थानीय कलाकारहरु र विभिन्न स्कुलका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:5.631 sec. Memory consumption:81.4 mb