29 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

आज नवरात्रिको सातौं दिन अर्थात् फूलपाती भित्राइँदै

वीरगंज,१८ असोज ।

देश भरी आज नवरात्रिको सातौं दिन अर्थात् फूलपाती तथा दशैंको खास दिन आजैबाट शुभारम्भ भएको छ । फूलपातीको दिनदेखि सरकारी कार्यालय तथा निजी कार्यालयहरु आज देखी सार्वजनिक विदा हुने भएकाले दशैंको टीका थाप्न आ(आफ्नो घर फर्किने क्रम बढेको छ ।

घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दशैँ घरमा शनिबार अपराह्न विधिपूर्वक फूलपाती भित्राइन्छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्राउने गरिन्छ ।फूलपाती भित्राएपछि नौ वटै देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ ।

वीरगंजमा सवा नौ बजे फूलपाती भित्राइँदै


वीरगंजको गहवामाई मन्दिरको प्रङ्गनमा पर्सा जिल्लाका मालपोत,जिल्ला प्रशासन कार्यलाय पर्सा, शसस्त्र प्रहरी बल पर्सा,जिल्ला प्रहरी कार्यलाय पर्सा र सेना चन्डीनाथ गणबाट ल्याइएको फूलपाती भित्राउने परम्परा छ ।वीर्ता स्थित मालपोतबाट दशैँघरका पुजारीसहित नेपली सेना,शसस्त्र प्रहरी,वीरगंज माहानगरपालिका,मालपोत,जिल्ला प्रशासन कार्यलाय पर्सा सहीत स्थानीयहरुको सहयोगमा फलपाति ल्याउने परम्परा रहिआएको छ ।
वीर्ताबाट गहवामाईसम्म निजामती सेवाका उच्च पदस्थ अधिकारी, नेपाली सेना ,शसस्त्र प्रहरी,नेपाल प्रहरीको टोली ब्याण्डबाजा, पञ्चेबाजा र सांस्कृतिक गानसहितको लावालस्करका साथमा फूलपाती ल्याइउको छ ।
आश्विन शुक्ल सप्तमीको दिनदेखि नै शक्तिपीठहरुमा पूजा गर्नेहरुको घुइँचो थप बढ्ने गर्दछ । नवदुर्गाका नौवटा स्वरुप छन् । जसलाई नवरात्रभर हरेक दिन फरक(फरक स्वरुपमा पूजा आराधना गरिन्छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

स्वर्गीय सन्तोष यादवको प्रथम वार्षिक पूर्णिय तिथिमा श्रद्धाञ्जली सभा

कालिका टाईम्स

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स
SQL requests:217. Generation time:5.375 sec. Memory consumption:81.43 mb