29 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

दशैँकोमा समेत तलब नपाएको भन्दै शिक्षक आका्रेसित

वीरगंज १६ असोज ।
पर्साको कालिकामाई गाउपालिका वडानम्बर २ भेडिहारीको श्री सुकई साह माध्यमिक बिधालयका ५ जना शिक्षकलाई गाउपालिकाले तलब नदिदा शिक्षकहरु आका्रेसित भएका छन ।

१५ महिना देखी गाउपालिकाले बिधालयमा पठन पाठन गराए पनि आज सम्म तलब नदिदा आफुहरुलाई दुख लागेको शिक्षक जयप्रकास चौरसियाले बताएका छन । पटक पटक तलबका लागी ताकेता गरे पनि एक हप्ता र १५ दिनको बहाना बनाई आज सम्म तलब नपाएको शिक्षकहरु गुनासो गरेका छन ।

हिन्दुहरुको महान चाडपर्व वडादशैमा सबै शिक्षकहरुको खातामा तलब गएको र हामी ५ जना शिक्षकहरुको मात्रै तलब नगएको चौरसियाले पिडा पोखेका छन । अरु शिक्षकहरु सरह नै हामी पनि बिधालयमा आआफनो कक्षाकोठामा बिधार्थीहरुलाई पठनपाडन गराए पनि गाउपालिका अध्यक्ष, उपाध्यक्ष र वडाअध्यक्षले श्रमशोषण गर्न खोजेको शिक्षक चौरसियाको आरोप छ । सबै शिक्षकको तलब जादा आफनो तलब नगएको वडाअध्यक्ष सोनालाल चौरसिया सित सोधे पछि छठमा पाउने पुन आश्वासन दिनु भएको शिक्षहरु बताएका छन । शिक्षकहरुले श्रम गरेको तलब दिनु पर्ने र किन गाउपालिकाले दिएन भने आफुलाई अच्चम लागेको बिधालय ब्यवस्थापन समितीका अध्यक्ष शिवपुजन साह तेलीले बताएका छन

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

स्वर्गीय सन्तोष यादवको प्रथम वार्षिक पूर्णिय तिथिमा श्रद्धाञ्जली सभा

कालिका टाईम्स

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स
SQL requests:216. Generation time:4.493 sec. Memory consumption:81.42 mb