22.5 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

वीरगन्ज । नेपालीहरुको महानपर्व बडादशै, दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम आज वीरगंजमा सम्पन्न भएको छ । नेपाल फोटो पत्रकार महासंघ पर्साको आयोजनामा पत्रकार महासंघ पर्साको सभाहलमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको हो ।

नेपाल फोटो पत्रकार महासंघ पर्साका अध्यक्ष बिजय चौहानको अध्यक्ष्तामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दिपेन्द्र चौहान , नेपाल फोटो पत्रकार महासंघ २ का अध्यक्ष राम सरार्फ ,उपाध्यक्ष पंकज श्रेष्ठ , नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा लगायतकाले मन्तव्य राखेका थिए ।

कार्यक्रममा फोटो पत्रकार महासंघ पर्सामा आवद्ध भएका नयां सदस्यहरुलाई परिचयपत्र र प्रेस ज्याकेट पनि वितरण भएको थियो । कार्यक्रमको संचालन नेपाल फोटो पत्रकार महासंघ पर्साका सचिव तिवारी यादवले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:3.650 sec. Memory consumption:81.41 mb