22.5 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

जिल्ला स्तरिय नेतृत्व विकास तथा पैरवी कार्यक्र सम्पन्न

prarmabhik padhai karyakarm_kalikatimes

वीरगंज । राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्र अन्तर्गत आज वीरगंजमा जिल्ला स्तरिय नेतृत्व विकास तथा पैरवी कार्यक्र सम्पन्न भएको छ । युएसआईडीको सहयोगमा र नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा होटल भिस्वा वीरगंजमा भएको कार्यक्रम सम्पन्न भएको हो ।

शिक्षा विकास समन्वय कार्यालय पर्साका प्रमुख फथबहादुरको श्रेष्ठको अध्यक्षता र जिल्ला समन्वय समिति पर्साका सह संयोजक ठाकुर प्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा पर्सागढी नगरपालिकाका प्रमुख लोकनारायण यादव, पोखरिया नगरपालिकाकी उप प्रमुख सलमा खातुन, पकहा मैनपुर गाउँपालिकाका प्रमुख विजय चौरसिया, कालिकामाई गाउँपालिकाका प्रमुख नथुनि प्रसाद कुशवाहा, सखुवा प्रसौनी गाउँपालिकाकी उप प्रमुख फुलमती चौधरी, गैसस महासंघ नेपाल पर्साका अध्यक्ष छठु साह लगायत पर्साका विभिन्न स्थानिय तहका प्रतिनिधि, प्रमुख प्रशासकिय अधिकृतहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य जिल्ला शिक्षा समन्वय कार्यालय पर्साका अधिकृत हरि राउत कुर्मीले राखेका थिए भने कार्यक्रमको उद्देश्य माथी प्रकाश क्षेत्रिय कार्यालयका संयोजक कुमार गुप्ताले पारेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:5.835 sec. Memory consumption:81.41 mb