22.5 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

रेविज रोगबाट बाच्न भुस्याहा(छाडा) कुकुरहरुलाई रेविज खोप

rebij khop_kalikatimes

बीरगंज । विश्व रेविज दिवसको अवसरमा भुस्याहा(छाडा) कुकुरहरुलाई निशुल्क रेविज खोप लगाउने कार्य आज देखी सुरु भएको छ ।

१३ औं विश्व रेविज दिवसको अवसरमा सोमबार देखी एशोसियसन अफ भेटेरिनरी प्राक्टिसनर पर्साको अयोजनामा भुस्याहा(छाडा) कुकुरहरुलाई निशुल्क रेविज खोज लगाउने कार्य सुरु गरिएको एशोसियन पर्साका सदस्य अरुण पटेलले वताए ।

एशोसियसन संग आवद्ध ५/५ जनाको तिन वटा पशु प्राविधिकहरुको समुह बनाएर सडक भुस्याहा कुकुरहरुलाई खोप लगाउने कार्य थालिएको पटेलले जानकारी गराए ।

वीरगंजको घण्टाघरमा एशोसियसन पर्साका कोषाध्यक्ष जय सुन्दर पालको नेतृत्वमा पावरहाउस चोकमा सचिव ललन साह रौनियार र बाराकाे बिश्रामपुर गाउँपालिकाको बिश्रामपुरमा सदस्य पटेलको नतृत्वको पशु प्राविधिकहरुको समुहले खोप लगाउन थालेका हुन ।

भुस्याहा कुकुरहरुलाई रेविज खोज लगाउने कार्यमा डा. दिनेश तिवारी, डा. हरेराम यादव, एशोसियसन पर्साका अध्यक्ष बैजुलाल गुप्ता र बिश्रामपुरको पशु शाखा प्रमुख गुलाब मेहताले सहयोग समेत गरिहेका छन ।

वीरगंज महानगरपालिकाको कार्यालय र पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला जनकपुरको सहयोगमा संचालन गरिएको रेविज खोज लगाउने कार्य ४ दिन सम्म चल्ने आयोजकले जनाएको छ ।

रेविज रोगबाट बाच्नको लागि रेविज खोप लगाउने अभियान चलाइएको एशोसियसन पर्साका सदस्य सुभम पाण्डे वताए । यस अघि शनिबार रेविज दिवसको अवसरमा एशोसियन पर्साले वीरगंजमा चेतनामूलक र्याली समेत निकालेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:3.416 sec. Memory consumption:81.41 mb