2 April 2025
KALIKATIMES.COM

डेलिगेशन गएका नेताहरुको विरुद्ध युवाहरुको बैठक, बिरोध गर्ने

बीरगंज । वीरगंजको मेन २५/२५ मिटर फराकिलो नबाउने डेलिगेशन गएका नेताहरुको बिरुद्ध शुक्रबार युवाहरु बैठक बसेका छन । त्रिभुवन राजमार्ग अन्र्तगत मकवानपुरदेखी वीरगंजको शंकराचार्य गेट सम्मको सडक फराकिलो नबाउने तर्फ लागेका नेताहरुको बिरुद्ध भेला भएका वीरगंजका युवाहरु युवा संघर्ष समिति गठन गर्ने समेत निर्णय गरेका छन ।

युवाहरुको जमातले बीरगंजको बिकासका निम्ति विकास विरोधीहरुको बिरोध गर्न युवा बिकास संघर्ष समिति गठन गर्ने निर्णय गरेको वीरगंज मुर्लीका युवा अकलेश साहले वताए । नेकपा, कांग्रेस र राजपा पर्साका केही नेताहरुको टोलि केही दिन पहिला भौतिक पुर्वाधार तथा यातायात मन्त्रि रघुविर महासेठ कहां सडक फराकिलो नगर्न डेलिगेसन गए पछि बीरगंजका युवाहरु आक्रोशित भएका छन ।

बैठकले सबै युवाहरुलाई समेटेर सक्रिय रुपमा बिकासतर्फ अग्रसर बनाउने, बिकास बिरोधीहरुको बिरोध तथा भण्डाफोर गर्ने, बीरगंजलाई प्रदेश राजधानी बनाउन संघर्ष गर्ने र नारायणी रंगशालालाई प्रदेश स्तरीय रंगशाला बनाउन संघर्ष गर्ने लगायतका निर्णयहरु समेत गरेको छ ।

युवाहरुले वीरगंजको सडक फराकिलो नगर्न तर्फ लागेकाहरुको बिरुद्ध बिरोध प्रदर्शन गर्ने समेत तयारी गरेका छन ।

बैठकमा महम्मद निजामुदिन, अकलेश साह, महमुद अन्सारी, बिकेश पटेल, लालबाबु यादब, सन्दिप साह, शंभु साह, रामबाबु मण्डल, बाबुनन्द पटेल, रोशन सर्राफ लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

एमालेको सड़क प्रदर्शनले सरकारको असफलतालाई पुष्टी गर्छ : प्रभु साह

कालिका टाईम्स

पर्सागढीकाे शिक्षक नियुक्ति विवाद अदालत सम्म पुग्याे

कालिका टाईम्स

फस्ट स्टेप प्रिस्कुलकाे दाेस्राे बार्षिकाेत्सव सम्पन्न

कालिका टाईम्स
SQL requests:214. Generation time:3.668 sec. Memory consumption:82.43 mb