24.6 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

लागु औषध सहित एक पक्राउ

pakrau_kalikatimes

वीरगंज । पर्सा प्रहरीले लागु औषध ईन्जेक्सन सहित एक जनालाई पक्राउ गरेको छ । लागु औषध नियन्त्रण ब्यरो वीरगंज पर्साबाट खटिएको प्रहरी टोलीले वीरगंज १६ रजतजयन्ती चोकबाट बिहिबार सांझ ५ः४५ बजे हेटौडा १० बस्ने बर्ष ३८ का अशोक वर्तौलालाई प्रकाउ गरेको प्रहरीले जनाएको छ ।

रजतजयन्ती चोक स्थित सडकमा विभिन्न सवारी साधन तथा पैदल यात्रीहरुको समेत चेकजाँच गर्ने क्रममा भारतबाट रक्सौलबाट वीरगंज तर्फ पैदल हिडी आउदै गरेको क्रममा वर्तौलालाई प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

पक्राउ परेका वर्तौलाको साथबाट लागु औषध ईन्जेक्सन डाईजेल्याप १४ पिस, नर्फिन १४ पिस र फेनारगन १४ पिस फेला परेकोले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स

सिनेमा हलमा एमआरपीभन्दा बढी मूल्यमा खानेकुरा बिक्री गर्न नपाइने

कालिका टाईम्स
SQL requests:215. Generation time:3.613 sec. Memory consumption:81.41 mb