24.6 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

ड्राइपोर्टमा ट्रकले मोटरसाइकललाई ठक्कर दिदा २ जना गम्भीर घाइते

durghatna_kalikatimes

वीरगंज । वीरगंजको ड्राइपोर्टमा सोमबार विहान ट्रकले मोटरसाइकललाई ठक्कर दिदा २ जना गम्भीर घाइते भएका छन । घाइते हुनेमा मोटरसाइकलमा सवार वीरगंज २६ सुगौली विर्ताका जोगिन्द्र साह कानुकी १५ बर्षिय छोरी ज्योति कुमारी र बहुदरमाई नगरपालिकाको भौराटारका अशोक साहका छोरा १४ बर्षिय मोटरसाइकल चालक राहुल साह रहेका छन ।

दुबै जनाको नारायणी अस्पताल वीरगंजमा उपचार भइरहेको छ । घाइते राहुलको दाहिने खुट्टाको तिन ठाउँमा भाँचेको छ भने दाहिने हात पनि भाँचेको छ । ज्योतिको दाहिने खुट्टाको घुडामा कटेको छ ।

वीरगंज देखी ड्राइपोर्ट तर्फ जादै गरेको ना. ५ ख. ७२५० नम्बरको ट्रकले विपरित दिसाबाट आइरहेका ना. २५ प. ८९७४ नम्बरको स्पेलेन्डर मोटरसाइकललाई ठक्कर दिदा दुर्घटना भएको हो । राहुल आफ्नो मामाको छोरी ज्योतिलाई विद्यालय पुर्याउन भौराटारबाट वीरगंज आइरहेका थिए । घाइते ज्योति वीरगंंज रानिघाट स्थित ज्ञानभाटिका विद्यालयमा अध्ययनरत छिन ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स

सिनेमा हलमा एमआरपीभन्दा बढी मूल्यमा खानेकुरा बिक्री गर्न नपाइने

कालिका टाईम्स
SQL requests:215. Generation time:6.135 sec. Memory consumption:81.42 mb