26 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

बाल दिवसको उपलक्ष्यमा बिन्दवासिनीमा विभिन्न कार्यक्रम

baldiwas_kalikatimes

वीरगंज । पर्साको बिन्दवासिनी गाउँपालिकाको वडा नम्बर १, २ र ५ मा आइतबार बिभिन्न कार्यक्रम गरी बालदिवस मनाइएको छ । राष्ट्रिय बालदिवसको उपलक्ष्यमा बिन्दवासिनी गाउँपालिकाको ३ ठाउँमा सरसफाई र बृक्षारोपण गरी बाल दिवस मनाईएको हो ।

वडा नम्बर २ बहुअर्वा भाठ्ठा र वडा नं. ५ प्रसौनी भाठ्ठामा बालबालिकाहरुले सरसफाई गरी बालदिवस मनाएका छन भने वडा नं. १ गर्दाैलमा बिभिन्न जातीका बिरुवाहरु रोपी बालदिवस मनाइएको समाजिक परिचालिका मिना देवीले बताइन । वृक्षा रोपन कार्यक्रमको उदघाटन वडा नम्बर १ का वडा अध्यक्ष सागीर मियाले बिरुवा रोपी गरेका थिए ।

नेपाल रेडक्रस सोसाईटीको आयोजना र वडा नम्बर १ वडा कार्यालयको सहयोगमा बृक्षारोपण कार्यक्रम भएको हो । जय माँ बिन्दवासिनी बाल क्लब र सरस्वती बाल क्लब गर्दाैलका अध्यक्ष नरेश बैठा र बिनिता साहको अगुवाईमा र समाजिक परिचालिका मिना देवीको सहजीकरणमा १ सय ५१ वटा बिरुवा रोपिएको हो ।

वडा कार्यालय देखी पद्धमरोड सम्म, श्री ज्ञानसागर दलित पा्रथमिक बिधालय र श्री बागडमैना प्राथमिक बिधालय गर्दाैलको प्रांगनमा बिरुवा रोपिएको वडा अध्यक्ष सागीर मियाले बताए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:6.262 sec. Memory consumption:81.45 mb