24 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

खातुनमाथि एसिड प्रहार गर्ने दोषीलाई कारवाहीको माग गर्दै युवाहरुले गरे प्रदर्शन

२० भादौ ।

कक्षा ९ मा अध्ययनरत छात्रा मुस्कान खातुनमाथि एसिड प्रहार गर्ने दोषीलाई कारवाहीको माग गर्दै वीरगञ्जका युवाहरुले प्रदर्शन गरेका छन् । उनलाई शुक्रबार बिहान ६स्३० बजे विद्यालय जाने क्रममा माजिद मिया हजामले एसिड प्रहार गरेका थिए ।

युवा नेता शेख मुन्नाको अगुवाइमा युवाहरुको एक समुहले वीरगञ्जको घण्टाघर चौकमा शुक्रबार दिउँसो प्रदर्शन गरेका हुन् ।
उनीहरुले एसिड पीडित खातुनको दोषीलाई कडा कारवाही गर्नु पर्ने, महिला दिदीबहिनीहरुको सुरक्षाको ग्यारेन्टी हुनुपर्ने, फरार दोषीलाई यथाशिघ्र पक्राउ गरी कारवाही गर्नुपर्ने र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गर्दै प्रदर्शन गरेका हुन् ।

प्रदर्शन पश्चात् आयोजित कोणसभामा बोल्दै समाजिक अभियान्ता ओम प्रकाश सरार्फले दोषीलाई हदैसम्म कारवाही हुनुपर्ने माग गरे । उनले प्रदेश २ मा प्रदेश सरकारले लागू गरेको ‘बेटी पढाउ बेटी बचाउ’ अभियान प्रभावकारी नभएका कारण महिला हिंसा बढ्दै गएको आरोप लगाए ।

अभियानको गलत नीतिका कारण अझै महिला, बालिका हिंसामा पर्दै गएको हुनाले प्रदेश सरकारले लागू गरेको ‘बेटी पढाउ बेटी बचाउ’ अभियानको नीति मै परिवर्तन गर्नुपर्ने उनले बताए ।
त्यस्तै राजपाकी महिला नेतृ रम्भा मिश्र, कांग्रेसकी सुस्मा तिवारी, देशभक्त लोकतान्त्रिक पार्टी जलेश्वर सरार्फ, समाजिक अभियान्ता मोनिका सिंह लगायतले एसिड प्रहार घटनाको कडा रुपमा निन्दा गर्दै दोषीलाई कारवारहीको माग गरे ।

घटनामा समलग्न वीरगञ्ज २ छपकैयाकै सम्साद मिया हजामलाई प्रहरीले पक्राउ गरी सकेको छ भने घटनाको मुख्य दोषी माजिद भने फरार रहेका छन् ।

फरार माजिदलाई पक्राउ गर्न प्रहरी परिचालन गरि सकेको पर्साका प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले बताए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

स्वर्गीय सन्तोष यादवको प्रथम वार्षिक पूर्णिय तिथिमा श्रद्धाञ्जली सभा

कालिका टाईम्स

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स
SQL requests:216. Generation time:4.156 sec. Memory consumption:81.4 mb