20.2 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

चौरसिया स्कुलको होस्टलबाटै बेपत्ता

वीरगंज, १५ भदौ
पर्साको कालिकामाई गाउपालिका वडानम्बर २ भेडिहारीको सोनालाल चौरसियाको १३ बर्षीय छोरा ४ दिन देखी बेपता भएका छन । बिरगंजको जिएचपी हाईस्कुलमा अध्ययनरत १३ बर्षीय अमित कुमार चौरसियाको अवस्था हाल सम्म पता नलगोको परिवारजनले जनाएका छन ।

यहि भदौ १२ गते बिधालयबाट निस्केका अमितलाई बिधालयले ५ बजे सम्म फेला नपारे पछि अमितका बुवा सोनालाल चौरसियालाई फोनबाट जानकारी गराईएको अमितका बुवा सोनालाल चौरसियाले बताउनु भएको छ । बेपता भएका चौरसिया जिएचपी स्कुलको होस्टलमा नै बसेर पढने गरेका थिए ।

गाउमा मेला लागेको र मेलामा जाने ईच्छा जनाएका अमित मेला जान नपाई रिसाएर बिधालयबाट हिडेको शंका गरिएको छ । बिधालयकै ड्रेसमा रहेका र ड्रेस र किताब सहित निस्केका बिधार्थी फेला नपर्दा बिधालय परिवार पनि दुखित भएको छ । परिवाजनका अनुसार आफनो सम्मपुर्ण सम्बन्ध भएका गाउघरमा खोजतलास गरिए पनि फेला नपारिएको जनाएको छ । यता प्रहरीमा ३ दिन देखी खोजतलास गर्न आवेदन दिए पनि आज सम्म फेला नपारिएको अमितका बुवा सोनालाल चौरसियाले जनाएका छन ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

स्वर्गीय सन्तोष यादवको प्रथम वार्षिक पूर्णिय तिथिमा श्रद्धाञ्जली सभा

कालिका टाईम्स

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स
SQL requests:216. Generation time:3.740 sec. Memory consumption:81.42 mb