20.2 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

बिरगंजमा गाईजात्रा धुमधामका साथ मनाइयो

विरगंज,३१ साउन ।
बिरगंजमा गाईजात्रा धुमधामका साथ मनाइएको छ । नेवार महासंघ पर्साको आयोजनामा शुक्रवार अलखिया सदनबाट गाई जात्रा निकालि बजारको परिक्रमा गरे पछि पुनः अलखिया सदन पुगि गाई जात्रा सम्पन्न भएको हो । जनैपूर्णिमाको भोलिपल्ट अर्थात् भाद्र शुक्ल शुक्ल प्रतिपदाका दिन यो पर्व मानिन्छ ।

गाई वा गाईको रूपमा मानिसलाई सिँगारेर नगर परिक्रमा गरी मनाइने यो पर्वको बारेमा १५ औँ शताब्दीको गोपालराज वंशावली र मल्लकालमा लेखिएको ‘ठ्यासफू’ मा समेत ‘सायात’ शब्दको उल्लेख भएबाट प्राचीन कालदेखि नै यो पर्व मनाउँदै आएको प्रमाणित हुन आउँछ । नेपाल भाषाको ‘सायात’ (सापारु) शब्दको अर्थ नेपालीमा ‘गाईजात्रा’ लगाइन्छ ।

राजा प्रताप मल्लको नाबाला छोरा मर्दा रानीले अत्यन्तै विलाप गर्न लागे पछि प्रताव मल्लकै सल्लाहमा उनकै घरबाट जात्रा निकाले पछि त्यो चलन यहाँसम्म आई पुगेको हो ।

शास्त्रीय मान्यताअनुसार मानिसले मरेपछि स्वर्ग जाने बाटोमा पर्ने वैतरणी नदी तर्नुपर्छ । वैतरणी तर्न गाईको पुच्छर समातेर मात्र सकिन्छ र त्यसपछि मात्र स्वर्ग पुगिन्छ भन्ने हिन्दूहरूको जनविश्वास छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स
SQL requests:216. Generation time:4.079 sec. Memory consumption:81.41 mb