20.2 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

इस्लाम धर्मावलम्बीहरु बकरिद हर्षोउल्लासका साथ मनाउदै

पर्सा । इस्लाम धर्मावलम्बीहरुले आफ्नो तेस्रो ठूलो महान पर्व इद-उल-अजहा अर्थात् बकरिद हर्षोउल्लासका साथ मनाउदै छन् । तीन दिन सम्म मनाइने बकरिद पर्वमा खस्सी, बकरा, उट, दुम्बा, भेडा, रङागा जस्ता जनावरहरुको कुर्बानी दिइन्छ ।

मुस्लिम धर्म ग्रन्थका अनुसार नबि इब्राहिम -अलि-सलाम संग अल्लाहले आफ्नो सबैभन्दा प्यारो वस्तुलाई कुर्बानी गर्न भनेपछि इब्राहिमले आफ्नो छोरालाई नै कुर्बानी दिदा छोराको कुर्बानी अल्लाहले स्वीकार गरि छोराको ठाउँमा दुम्बा कुर्बानी हुँदा सोहि दिनको सम्झनामा यो पर्व मनाउन थालिएको धार्मिक मान्यता यश पर्वको रहेको छ ।

मुस्लिम क्यालेन्डर अनुसार जुलहज महिनाको १०तारीख वा इद समाप्त भएको ७०औं दिनमा बकरिद पर्व मनाइन्छ । बकरिद्का दिन मुसलमानहरुले बिहान नुहाई धुवाई सफा कपडा लगाई खुल्ला ठाउँमा रहेको ईदगाह(प्रार्थना गर्ने ठाउँ) मा गइ २ रअकात नमाज पढ्ने गर्द्छ्न ।

नमाज पशचात घरमा आई कुर्बानी गर्ने गर्द्छ्न । कुर्बानी गरिएको मासुलाई तीन बराबर भागमा बाडी एक भाग आफू कहाँ,एक भाग आफ्न्त कहाँ र एक भाग गरिबहरुलाई बाडि बकरिद मनाईछ ।

तिन दिन सम्म मनाइने यस पर्व मुस्लिम समुदायमा आपसि भाईचारा र सदभाव बढाएको स्थानीयबासीहरुको पर्सा बिन्दवासिनि गापाका शिक्षक मुकलेश गद्दिले वताए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स
SQL requests:220. Generation time:3.453 sec. Memory consumption:81.75 mb