20.2 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

युवा दिवसको अवसरमा वक्तृत्वकला तथा चित्रकला प्रतियोगीता

वीरगंज(पर्सा),२७ साउन ।

पर्साको विरगंज महानगरपालिका वडा नं. ३० लालपर्सामा देश विकासमा युवाहरुको भुमिका विषयक वक्तृत्वकला र चित्रकला प्रतियोगीता सम्पन्न भएको छ । शिक्षामा रुपान्तरण उधमशिलता र नवप्रवर्तन भन्ने मुल नाराका साथ अंतराष्ट्रिय युवा दिवसको अवसरमा आयोजित प्रतियोगिता सम्पन्न भएको हो ।

युरोपीयन युनियनको आर्थीक सहयोग र नेपाल ग्रामीण पुनर्निर्माण संस्थाको आयोजनामा चाइल्ड नेपाल र संरक्षण नेपालको सहकार्यमा संचालीत किशोरी सम्बाद कार्यक्रम अन्तर्गत कार्यक्र भएको थियो ।

कार्यक्रमको उदघाटन गर्दै कार्यक्रमका प्रमुख अथिती स्वास्थया चौकी लालपर्साका ईन्चाज अनिशकान्त कुशवाहाले युवाहरुको देश विकास ठूलो भूमिका रहने र युवा आफ्नो जिम्वारी पुरा गरिदिएमा समाजमा भई रहेको विकृति हटने बाताए ।

सृजना किशोरी सम्बाद संजालकी संयोजक प्रिति कुमारी यादवको अध्यक्षयतामा भएको कार्यक्रममा प्रकाश पाण्डे, पाण्डो कटुवाल, शम्भु यादव, अन्जली चौधरी लगायतकाले आ आफ्नो मन्तव्य राखेका थिए । वक्तृत्वकाला प्रतियोगीतामा निभा कुमारी यादव प्रथम, शान्ती चौधरी द्वितिय ,प्रिति कुमारी तृतिय र चित्रकलामा अनामीका चौधरी प्रथम, चान्दनी कुमारी यादव द्वितिय, सिता कुमारी शर्मा तृतिय भएका थिए ।

कार्यक्रममा स्वगत मन्तव्य सुस्मीता कुमारी राखेकी थिइन भने कार्यक्रमको उद्देश्य बारे प्रस्ट कार्यक्रमका सुभरभाइजर सुनेसवर प्रसाद साहले पारेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स
SQL requests:216. Generation time:3.325 sec. Memory consumption:81.41 mb