20.2 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

आदिवासी जनजाति महासंघ पर्साको तेस्रो जिल्ला अधिवेशन सम्पन्न

adibasi_kalikatimes

वीरगन्ज । नेपाल आदिवासी जनजाति महासंघ पर्साको तेस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाति महासघपर्साका अध्यक्ष कमल बहादुर पिठाकोटे मगरको अध्यक्षतामा र सघिय परिषद सचिवालय सदस्य एवं प्रदेश न,२ का सह- ईन्चार्ज राजकुमार बोटेको प्रमुख आतिथ्य भएको तेस्रो जिल्ला अधिवेशनले सोम बहादुर लामाको अध्यक्षतामा १३ सदस्यीय नया कार्य समिति चयन गरेको छ ।

जुन समितको उपाध्यक्षमा बाबू चामलिङ्ग, सपिका मगर, राम आशिष प्रसाद धानुक, सचिवमा अमय कुमार दास, सह- सचिवमा जीवन भुजेल, सुनिल श्रेष्ठ, कोषाध्यक्षमा अजित कुमार भुजेल, सदस्यहरुमा सरिता खडकी, छेदुप लामा, चेत बहादुर थापा चयन भएका छन ।

अधिवेशनमा, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश न.२ का ईन्चार्ज निरज पिठाकोटे मगर, नेपाल मगर संघ पर्साका अध्यक्ष राज कुमार खपाङि, नेपाल आदिवासी जनजाति महासंघ पर्साका सस्थापक सदस्य चक्र बहादुर शाक्य, धानुक समाजका अध्यक्ष राम आशिष धानुक, थारु कल्याणकारी समितिका कार्यवाहक अध्यक्ष नन्दकिशोर पञ्जियार, नेपाल तामाङ धेतुङ सङका उपाध्यक्ष सोम बहादुर लामा, सामाजिक अभियन्ता ओमप्रकाश सरार्फ, बिनोद पटेल, भुजेल समाज पर्साका अध्यक्ष अजित भुजेल लगायतकाले सुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य जिल्ला उपाध्यक्ष राम आशिष धानुक र कार्यक्रम सन्चालन जिल्ला सचिव जगत राईले गर्नु राखेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स
SQL requests:216. Generation time:4.005 sec. Memory consumption:81.41 mb