20.2 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

भोजपुरी टाइम्सको पाचौं बार्षिकोत्सव सम्पन्न

bhojpuri times_kalikatimes

वीरगन्ज । वीरगंजबाट प्रकाशित नेपालको एक मात्र भोजपुरी भाषामा प्रकाशित हुदै आएको भोजपुरी टाइम्स दैनिकको पाचौं बार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । पत्रिकाका प्रकाशक अजय चौरसियाको अध्यक्षतामा कलैया स्थित रहेको दास गेष्ट हाउसमा भएको कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी प्रदेश सांसद महमद समिरले भोजपुरी भाषामा प्रकाशित भोजपुरी टाइम्सले हाम्रो पहिचान बढाएको वताए । पत्रिकाको प्रगतिको लागि सुभकामना दिदै सांसद समिरले पत्रिकाले भोजपुरी भाषको बिकास र जर्गेना हेतु पनि भुमिका खेलेको वताए ।

भोजपुरी भाषाको विकासको लागि प्रदेश सरकार गम्भीर नरहेको वताउदै सांसद समिरले संसदमा आफुले अवाज उठाउने समेत वताए । भाषाको बिकासको लागि प्रदेश सरकारको भुमिका महत्वपूर्ण हुनु पर्नेमा केही गर्न नसकेको उनको गुनासो थियो । रेडियो नेपालबाट प्रसारण हुदै आएको मैथली र भोजपुरी भाषाको कार्यक्रम बन्द गर्नु कार्य प्रति आपति जनाउदै उनले तत्काल संचालन गर्नु पर्ने माग समेत गरे ।

मुलुक संघियतामा गइसकेकोले झन कार्यक्रमको अवधी बढाउनु पर्ने बन्द गर्नु कार्य संघियता माथीको नै प्रहार भएको उनको कथन थियो । तत्काल कार्यक्रम संचालन गर्नुको साथै कार्यक्रमको अवधि बढाउनु पर्ने उनको माग थियो । नेकपा नेता समेत रहेका सांसद समिरले पत्रकारहरुले तिनै तहको सरकारको बिकास निर्माणको कार्यको अनुगमन गर्नु पर्ने वताए ।

उनले भने ‘पत्रकारहरुले तिनै तहको विकास निर्माणको कामको अनुगन गरी सहिको सहि र गलतको गलत बाहिर ल्याउनु पर्छ’ । हाल सम्मको बदलाव पत्रकारहरुको सहयोगले नै आएको बताउदै उनले पत्रकारको सहयोग विना समृद्धि असम्भव रहेको वताए ।

कार्यक्रमका बिशिष्ट अतिथी नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का अध्यक्ष दिपेन्द्र चौहानले अहिले ठूलो पत्रिकाहरु भन्दा सानो पत्रिकाहरुले यर्थात सुचना प्रभाव गरेको वताए । ठूलो पत्रिकाहरु केन्द्रममा बढी केन्द्रित हुने गरेको वताउदै उनले सानो पत्रिकाहरुले स्थानिय स्तरको यार्थत सुचना सार्ने काम गरेको वताए । उनले हाम्रो समाजमा केही हिन्दी भाषाको सामन्तीहरु रहेका कारण भोजपुरी भाषा ओलझेलमा परेको वताए ।

भारतको लखनउबाट प्रकासित भोजपुरीया अमनका सम्पादक डा. जनाद्र्धन सिंहले भोजपुरी भाषामा प्रकासित पत्रपत्रिकाले भोजपुरिया सामाजलाई जोडन पनि काम गरेको वताए ।

बिश्व भोजपुरी परिषदका महासचिव डा. मनु रायले पत्रकारिता समाजको यर्थात चित्ररण गर्ने माध्य भएकोले भोजपुरी भाषाबाट प्रकासित पत्रिकाले भोजपुरी भाषाको बिकासमा भुमिका खेलेको वताए ।

कार्यक्रममा जिल्ला समन्वय समिति बाराका उप प्रमुख पवन व्याहुत, नेकपाका युवा नेता मुकेश साह, भोजपुरी समाज शिवान भारतका जिल्ला अध्यक्ष विकास कुशवाहा, नेपाल पत्रकार महासंघका प्रदेश नं. २ का सदस्य सिकेन्द्र पासवान, पर्साका सचिव युवराज खड्का, बाराका पूर्व उपाध्यक्ष राकेश पाण्डे, गोपाल सेवा समिति बाराका अध्यक्ष जंग बहादुर यादव लगायतका मन्तव्य राखेका थिए भने स्वागत मन्तव्य पत्रिकाका बारा प्रतिनिधि प्रभु यादवले गरेका थिए ।

कार्यक्रमका सहभागि तथा अतिथीहरुलाई पत्रिकाका सम्पादक श्रवण साहले स्वागत गरेका थिए ।

कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याउने पत्रकारिता तर्फ बाराका बशिष्ठ पत्रकार सत्यप्रकाश श्रेष्ठ, ग्रामिण पत्रकार रामेश्वर मेहता र भोजपुरी साहित्यकार रामप्रसाद साहलाई सम्मान गरिएको थियो ।

पत्रिकाको बार्षिकोत्सवको अवसरमा पत्रिका संग आवद्ध व्यक्तिहरुलाई कदर पत्र समेत प्र्रदान गरिएको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स
SQL requests:216. Generation time:3.874 sec. Memory consumption:81.42 mb