21.1 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

डेण्टल कलेजका विद्यार्थीहरु दोस्रो पटक कर्मचारीहरुलाई थुने

वीरगंज १९ साउन ।
वीरगंज छपकैया स्थित रहेको एम।बि। केडिया डेण्टल कलेजका विद्यार्थीहरु आईतबार दोस्रो पटक क्लेजका कर्मचारीहरुलाई थुनेका छन । क्लेज व्यवस्थापकले कर्मचारीलाई तलब नखुवाए पछि कर्मचारीहरु अध्ययन अध्ययापन ठप्प पारे पछि आक्रोसित विद्यार्थीहरु कर्मचारीहरुलाई कोठा मै थुनेका हुन ।
वर्ष पिछे क्लेज व्यावस्थापकको लपर्वाहीले अध्ययन अध्यापन प्रभावित हुने गरेका कारण बाध्य भएर विद्यार्थीहरु कर्मचारीहरुलाई क्याम्पसको प्रशासन शाखा बन्द गरी बाहिर प्रदर्शन गरेका हुन ।
कलेजमा कार्यरत कर्मचारीहरुलाई विगत ५ देखी १३ महिना सम्म व्यवस्थापन पक्षले तलब उपलब्ध नगराएपछि कर्मचारीले कलेजको आकस्मीक कक्ष बाहेक सम्पूर्ण सेवा ठप्प पारेर आन्दोलनमा छन । कर्मचारीहरुको आन्दोलनले गर्दा पढाइ नै प्रभावित भएपछि बाध्य भएर कर्मचारीहरुलाई नै थुन्नु परेको विद्यार्थीहरुले वताएका छन ।
‘हामी १८ देखि २० लाख रुपैयाँ तिरेर पढिरहेका छौं । तर व्यवस्थापन पक्षको लापरवाहीले हाम्रो पढाई प्रभावित बनेको छ ।’ एक विद्यार्थीले गुनासो पोखे ।
नियमित पढाई सुचारु हुनुपर्ने माग राखेर आफूहरु आन्दोलनमा उत्रिदा व्यवस्थापन पक्षले पैसाको प्रलोभन देखाएर प्रहरी प्रशासन लगाएर दमन गर्ने प्रयास गरेको विद्यार्थीहरुले आरोप लगाएका छन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स
SQL requests:213. Generation time:3.912 sec. Memory consumption:81.38 mb