20.2 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

जनप्रतिनिधीहरुको निर्णयलाई लात्यादै जनताले लगाए मेला

पर्सा । पर्साको कालिकामाई गाउपालिका वडानम्बर भेडिहारीको पराम्परागत झण्डा  मेला जनप्रतिनिधीले नलगाउने निर्णयको बावजुद पनि आज धुमधाम संग लागेको छ । बिगत ६० बर्ष अगाडी देखी अष्टमीको सातौ दिन आज लाग्दै आएको मेलालाई भदौ ६ गते गाउपालिका अध्यक्ष नथुनी कुश्वाहा, उपाध्यक्ष राजेश चौरसिया र वडाअध्यक्ष सोनालाल चौरसिया लगायतका केही अगुवाहरु कहिल्यै पनि नलगाउने निर्णय गरेको थियो ।

निर्णय गर्दा सर्बत्र आमजनता तथा बिभिन्न पार्टीका अगुवाहरुले बिरोध जनाएका थिए । परमपरा देखी लाग्दै आएको मेलालाई रोक्नु हुने रामा्रे नहुने आका्रेस पोखेका आमजनताको सामुने कालिकामाईका जनप्रतिनिधीहरु झुकेका छन । भेडिहारीका जनताले मेलाको आयोजना गरी जनप्रतिनिधीहरुले लिएको गलत निर्णय जनता भिडले लातले कुचलेर फालेको स्थानियले जनाएका छन ।

आमजनतालाई सुरक्षा नदिने र परम्परालाई बिथोल्ने स्थानिय जनप्रतिनिधी मुर्दावाद भन्दै भदौ ७ गते भेडिहारीका युवाहरु गाउको परिक्रमा गर्दै जनप्रतिनिधिहरु घरमा गई बिरोध प्रदर्शन समेतगरेका थिए । मेला २ ठाउमा लागेको छ , भेडिहारीको उतरपटि र भेडिहारीको दक्षिणपटि, दक्षिणपटिको मेला समितीको अध्यक्षमा मोहन साह कानु छन भने उतरपटिको मेला समिती कोई नरहेको जनाइएको छ ।

एक ठाउमा मात्र मेलालाई गाउको बिच भाग बजार लाग्ने ठाउमा लगाउने केही समाजसेवीहरु प्रयास गरे पनि पार्टीगत स्वार्थका कारण मेला नै बन्द गर्ने निर्णय गरिएको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

स्वर्गीय सन्तोष यादवको प्रथम वार्षिक पूर्णिय तिथिमा श्रद्धाञ्जली सभा

कालिका टाईम्स

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स
SQL requests:216. Generation time:3.923 sec. Memory consumption:81.42 mb