21.1 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

शिक्षा पत्रकारिता पुरस्कारबाट पासवान पुरस्कृत

brijlal paswan_kalikatimes

बीरगंज । प्रादेशिक शिक्षा पत्रकारिता प्रोत्साहन पुरस्कारबाट पर्साका बृजलाल पासवान पुरस्कृत भएका छन ।

नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्र र नेपाल पत्रकार महासंघको सहकार्यमा संचालित ‘प्रादेशिक शिक्षा पत्रकारिता प्रोत्साहन पुरस्कार २०७५’ बाट पासवान पुरस्कृत भएका हुन ।

नेपाल पत्रकार महासंघ काठमाण्डौमा मंगलबार आयोजित एक कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री गिरिराजमणि पोखरेलले पासवानलाई प्रमाण पत्र सहित पुरस्कार राशी रु १५ हजारले पुरस्कृत गरे ।

राष्ट्रिय समाचार समिति र सहारा दैनिकमा कार्यरत पत्रकार पासवानलाई नेपालको शैक्षिक विकासमा पत्रकारिताको माध्यमबाट पुर्याएको योगदानको कदर गर्दै पुरस्कृत गरिएको हो ।

नेपाल पत्रकार महासंघका अध्यक्ष गोबिन्द आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा पर्साका पसवान सहित ७ वटै प्रदेशका २४ जनालाई पुरस्कृत भएका छन ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स
SQL requests:216. Generation time:3.439 sec. Memory consumption:81.41 mb