21.1 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

भाथा बाबाको दर्शन गर्नेशहरुको घुईचो

वीरगंज,१३ साउन ।
पर्सा जिल्ला स्थित प्रसिद्ध धार्र्मीक स्थल बाबा दुधृश्वर नाथ भगवान शिवको दर्शन गर्नेहरुको भिड बढेको छ । पटेर्वा सगैली गाउँपालिका स्थित पर्ने दुधश्वर नाथ प्रत्येक वर्ष झै यस वर्ष पनि साउन महिनाको पहिलो सोमबार देखी सुरु भएको मेला दोस्रो सोमबार भक्तजनको भिड बढेको हो

। पर्सा राष्ट्रिय निकुञ्ज भित्र रहेको बाबा दुधृश्वर नाथको शिव लिङ्गको दर्शनार्थीहरुको घुइचो बढेको दर्शनार्थी लक्ष्मन साहले बाताए । बाबा दुधृश्वर नाथको दार्शनका लागी पर्सा, बारा, रौतहट, चितवन, मकवानपुर र छिमेकी देश भारतबाट दर्शनार्थीहरु पुग्ने गर्दछन् । सयाँै वर्ष देखी लाग्दै आएको बाबा दुधृश्वर नाथको मेला भाथा बाबाको नामले पनि प्रसिद्ध रहेको छ ।

निकुञ्ज भित्र पहाड माथी रहेको बाबा दुधृश्वर नाथको मन्दिरमा पुगी भक्तजनहरु जल चढाउने गर्दछन् । बाबा दुधृश्वर नाथको दर्शन गर्दा मनोकामना पुरा हुने विश्वास रहेको छ । रमणीय स्थालमा रहेको बाबा दुधृश्वर नाथको मन्दिर रहेकोले भ्रमण तथा भाथा बाबाको दर्शनका लागि भक्तजन आउने क्रम बढेकोे बताईन्छ ।

हजारौँ भक्तजनहरु बाबा दुधृश्वर नाथको दर्शन गर्न पुग्ने गरे ता पनि मेलालाई व्यवस्थित गर्न स्थानीय, प्रदेश र संघ सरकारको ध्यान पुग्न सकेको छैन । मेला स्थलमा एक मात्र अधुरो निर्माण अवस्थामा धर्मशाला रहेको छ भने हाजारौको संँख्यामा पुग्ने खुल्ला अकाश मुनी राती बस्नु पर्ने बाध्याता रहेको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स
SQL requests:216. Generation time:5.455 sec. Memory consumption:81.41 mb