21.1 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

रक्त संचार केन्द्रको संरचना परिवर्तन गरि विस्तार गर्नु पर्ने सुझाव

वीरगंज : ५३ औं रक्त संचार सेवा दिवसको अवसरमा आइतबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी रक्त संचार सेवा केन्द्र वीरगंजको आयोजनामा रक्त संचार केन्द्र वीरगंजमा भएको कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै रक्त संचार केन्द्रका प्रमुख सौरभराज पाण्डेले गर्मि मौसम रक्तको अभाव र भारत तर्फ रक्त पठाउन नसकिने रक्त संचार केन्द्रको समस्या बारे जानकारी गराएका थिए ।

त्यस पछि कार्यक्रमका सहभागिहरुले रक्त संचार केन्द्रलाई बिस्तार गर्नु पर्ने वताए । ब्लड डोनर एसोसिएसन पर्साका सचीव अरविन्द सिंहले रक्त संचार केन्द्रको संरचना परिवर्तन गरि विस्तार गर्नु पर्ने सुझाव दिए ।

समाजिकअभियान्ता प्रकाश थारुले आकस्मिक रक्तदान गर्नेहरूलाई रेडक्रसको तर्फ कमसेकम नास्ता अथवा जुसको ब्यवस्था गर्नु पर्ने वताए ।

सहभागीहरुको जिज्ञासा र प्रश्नको जवाफ दिदै रेडक्रस पर्साका कोषाध्यक्ष महन्थ यादवले रक्त सञ्चार केन्द्रको भवन बनाउनको लागि नारायणी अस्पताल संग समन्वय भएको र जग्गा उपलब्ध गराउन प्रतिबद्धता समेत जनाएको जानकारी गराए । अत्याधुनिक किसिमको भवन निर्माणको लागि नक्सा बनाउन काम भईरहेको वताए ।

रेडक्रस पर्साका कार्यवाहक सभापति मधु राणाको सभापतित्वमा भएको कार्यक्रममा रेडक्रस पर्साका मन्त्री शैलेन्द्र कुमार चौरसिया, ब्लड डोनर एसोसिएसन पर्साका अध्यक्ष सत्रुधन नेपाल लगायकाले मन्तब्य राखेका थिए भने कार्यक्रमको संचालन रेडक्रसका अधिकृत उदय राज शर्माले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स
SQL requests:216. Generation time:3.968 sec. Memory consumption:81.42 mb