21.1 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

गोली लागी एक युवकको  मृत्यु अवस्थामा शव फेला

वारा,६ साउन ।
बारामा गोली लागी एक युवकको  मृत्यु अवस्थामा शव फेला परेको छ ।बारा जिल्लको सुवर्ण गाउँपालिका १ बगहीमा अज्ञात समूहको गोली प्रहारबाट एक युवकको मृत्यु फेला परेको छ । गाउँपालिकामा रहेको बगहीनहर छेउमा २१ वर्षका युवकको कन्चटमा गोली हानी हत्या गरिएको अवस्थामा शव फेला परेको हो । फेला परेको शवको हातमा ट्याटुले खोपेर सौरभ लेखिएपनि उनको सनाखत हुन नसकेको बाराका प्रहरी प्रवक्ता रन्जित सिंह राठौरले जानकारी दिएका छन् ।सोमबार बिहान ३ बजेतिर स्थानीयले नहर छेउमा युवकको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
शव पोष्टमार्टमका लागि कलैयास्थित जिल्ला अस्पतालमा पठाइएको प्रहरी नायव उपरीक्षक राठौरले जानकारी दिदै भने शवको कन्चटमा गहिरो घाउ देखिएकाले गोली हानेर हत्या गरिएको अनुमान गरिएको छ भने थप घटनाबारे अनुसन्धान भइरहेको उनले बताए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स
SQL requests:213. Generation time:5.081 sec. Memory consumption:81.36 mb