23.8 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

नयाँ कर नीतिविरुद्ध वीरगंजका व्यवसायी आन्दोलित

वीरगंज,५ साउन ।
वीरगंजका व्यवसायी आन्दोलित भएका छन् । सरकारले लागू गरेको नयाँ कर नीतिविरुद्ध उद्योगी व्यवसायी तथा आमजनतामा प्रत्यक्ष असर हुने भएकोमा वीरगंजका उद्योगी व्यवसायीहरुले हातमा कालो पट्टी बाँधेर विरोध प्रदर्शन गरेका छन् । सरकारले साउन १ गतेदेखि लागू गरेको ‘भेहिकल एण्ड कन्साइन्मेन्ट ट्रयाकिङ सिस्टम’लगायतका कर सम्बन्धि नयाँ नीति नियमको विरुद्धमा आइतबार
वीरगंज उद्योग वाणिज्य संघले आह्वान गरेको विरोध कार्यक्रममा वीरगंजका व्यवसायी तथा मालबाहक यातायात व्यवसायीहरुले एक्यबद्धता जनाउँदै विरोध जुलुस प्रदर्शन गरेका छन् ।
विरोध जुलुसमा सहभागिहरुले भेहिकल एन्ड कन्साइन्मेन्ट ट्रयाकिङ सिस्टम चरणबद्ध रुपमा लागू गर, अव्यवहारिक नयाँ कर नीति, ढुवानीमा लगाइएको भ्याट, कामदारमाथिको अव्यवहारिक, बैंक खाता मार्फत पारिश्रमिक भुक्तानी व्यवस्था खारेजीलगायत अंकित नारासहितका प्लेकार्ड बोकेका थिए ।
संघको कार्यालयबाट निकालिएको जुलुसमा अलखियामठ, आर्दशनगर, माईस्थान हुँदै घण्टाघर चौकमा पुगि कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै संघका केन्द्रिय सदस्य एवं पूर्व जिल्ला अध्यक्ष अशोक टेमानीले विदेशीको ईसारामा सरकारले ल्याएको नयाँ कर नीतिले यहाँका उद्योग व्यापारलाई धरासायी बनाउँने काम भएको आरोप लगाए ।
कोणसभामा अर्का केन्द्रिय सदस्य एवं पूर्व जिल्ला अध्यक्ष गणेश लाठले सरकारलाई सडकको मात्रै आवाज सुन्ने बानी परेको भन्दै नीजि क्षेत्रको मागको तत्काल सुनुवाइ नभए भन्सार नाकामै धर्ना दिएर मुलुकको आर्थिक गतिविधि ठप्प पार्ने चेतावनी दिए ।
संघका पूर्व अध्यक्ष ओम प्रकाश सिकारिया सरकारले व्यवसायी वर्गमा कानुन परिपालना गर्ने कर्मचारी जस्तो बोझ लाद्ने काम मात्र भइरहेको बताए । नयाँ नीति कारण अहिले व्यापारीहरु कर्मचारी जस्तो भएका छन् ।
अहिलेको सरकार, नीजि क्षेत्रमाथि अव्यवहारिक कर र ऐनको बोझ थोपरेर उद्योग व्यपारलाइ धरासायी बनाउने षड्यन्त्रमा लागेको भन्दै सरकारले आफ्नो निर्णय नसच्याए मुलुकको ८० प्रतिशत उद्योग व्यवसाय बन्द हुने संघका जिल्ला अध्यक्ष गोपाल केडियाले चेतावनी दिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स
SQL requests:213. Generation time:3.457 sec. Memory consumption:81.38 mb