23.8 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

१२ नम्बर वडा पूर्ण खोप वडा घोषण

वीरगंज,३१ असार ।
वीरगंज महानगरपलिका वडा नम्बर १२ पूर्ण खोप वडा घोषण भएको छ ।स्थानिय स्वामित्व र सहभागिता पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिब्द्धताको नाराका साथ मंगलबार महानगरपलिका वडा नम्बर १२ पूर्ण खोप वडा घोषण गरिएको हो । वीरगंज महानगरपलिका वडा नम्बर १२ का नगर स्वास्थ्य केन्द्र मुर्लीको आयोजनामा गरीएको छ ।

महानगरपलिका वडा नं १२ का अध्यक्ष रामदरस कुशुवाहको सभापतितवमा सुरु भएको कार्यक्रममा प्रमुख अतिथि महानगरकी उप मेयर शान्त्र्ती कार्की पान्समा दियो बाली उद्धघाटन गरेकी थिन् ।

पूर्ण खोप वडा घोषण हाल सम्म ४ वटा वडा भईसकेको कार्कीले जानकारी गराउदै भन्नि यो घोषण हामीहरुका लागी सराहनीय कार्य भएको बताईन ।यसै गरी पूर्ण खोप सुनिश्चिता गर्ने कार्यविधि निर्देशिका बमोजिमका सम्पूर्ण प्रक्रियाहरु पूरा गरी १५ देखी २३ महिना सम्मका सवै बालबालिकाहरुको दुई वर्षको उमेरभित्र पूर्ण खोप पाएको सुनिश्चितता गरीएको हुदाँ वडा नं १२ पूर्ण खोप पाएकोमा पूर्ण खोपको अवस्था भविष्यमा पनि कायम राख्ने प्रतिवद्धतामा हास्ताक्षर गरीएको छ ।कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यलय पर्साका प्रमुख राजकिशोर पाण्डीत,महानगरपालिकाका स्वास्थ्य प्रमुख अरुण कुमार महतो,स्थानीय नावी अख्तर,स्यामसेवीका तथा नपस लगाएतको सहभागीता थियो ।कार्यक्रमको सहजिकरण घनश्याम गुप्ताले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स
SQL requests:216. Generation time:3.164 sec. Memory consumption:81.41 mb