23.8 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

बाढीले सडक नै बगाए पछि दैनिक जीवनयापन गर्न कठिनाई

वीरगंज,२९ असार ।
पर्साको कालिकामाई गाउपालिका वडानम्बर १ रबिदास गाउको दुबै तिर बाढीले सडक नै बगाए पछि सो गाउका स्थानियवासीहरु घरबाट निस्कन नसकेको स्थानियवासीहरु अबताएका छन ।

अस्ति शुक्रबार राती ८ बजे सिक्टा नदीको बाढीले रबिदास गाउको उतरपटि र मुडलीको दक्षिणपटि बाधिएको बाध टुटाए पछि रबिदास गाउको पुर्ब र पश्चिम तर्फको बाटो पनि बगाएर लगेको स्थानियवासीहरु बताएका छन । दुबै तिरको बाटो नै बन्द भए पछि गाउबाट बाहिर निस्कन नसकेको कालिकामाई गाउपालिका वडानम्बर १ का वडासदस्य रामाशिष यादवले बताएका छन ।

घरबाट बाहिर नआउदा घरमा रहेको दैनिक जीवनयापनको सरसमान समेत घटेको र अब दैनिक जीवनयापन गर्न कठिनाई हुदै गएको वडासदस्य यादवले बताए । वडासदस्य यादवका अनुसार अहिले सम्म गाउपालिका प्रमुख तथा उपप्रमुख कसैले पनि गाउमा आउन नसकेको र बेवास्ता गरेको गुनासो गरेका छन ।

यादवका अनुसार गाउपालिका प्रमुख सित कुरा गर्दा गाउपालिकामा आएर क्षतीपुर्तीको निवेदन दिने प्रतिक्रिया दिनु भएको बताएका छन । अहिले मेरो गाउमा कसैले कुनै किसिम्मको राहतको कुरा गर्न तथा राहत दिन नआएको यादवले गुनासो गरेका छन । यसै गरी आज सोही गाउका उमेश साह कानुका ८ बर्षीय छोरा गोबिन्द साहलाई बिधुतको करेन्ट लागे पछि घाईतेलाई उपचार गराउन बाढी पौडेर लगिएको यादवले बताएका छन ।

बिहिबार देखी घेराबन्दीमा रहेका रबिदासका सयौ स्थानियवासीहरु संग जनप्रतिनिधी, कर्मचारी तथा अन्य निकायबाट भेटन र समस्या बुझन नगएकोे पिडीत स्थानियवासीहरु आरोप लगाएका छन ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स
SQL requests:216. Generation time:5.256 sec. Memory consumption:81.39 mb