23.8 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

विद्यालयमा तोडफोडबाट झण्डै डेढ लाख मूल्य बराबरको क्षति

वीरगंज,२५ असार ।
पर्सा जिल्लाको वीरगंज महानगरपालिका–२३ प्रसौनी बिर्तास्थित नेपाल राष्ट्रिय अधारभूत विद्यालयमा अज्ञात समूहले डेस्क बेञ्च तोडफोड गरेको छ । दोस्रो तलामा रहेको कक्षा ५ र ६ कोठाको डेस्क बेञ्च तोडफोड भएको हो । डेक्क बेञ्च तोडफोड गर्नुको सँगै केही थान माथिबाट तल फालेका छन् ।अज्ञात समूहले तल्लो तलाको एउटा झ्यालको पल्ला झिकिदिएका छन् भने ३५ थान डेस्क बेञ्च तोडफोड गरेका छन् ।तोडफोडबाट झण्डै डेढ लाख मूल्य बराबरको क्षति भएको विद्यालयका प्रधानाध्यापक विजय पोखरेलले जानकारी दिनुभयो । विद्यालयमा ३ सय ५० जना विद्यार्थी भर्ना भएका छन् । डेस्क बेञ्च तोडफोड भएका कारण बुधबार विद्यालयमा बन्द भएको छ । यसअघि पनि बिद्यालयबाट पानी तान्ने मोटर र पंखा चोरी भइसकेको प्रधानाध्यापक पोखरेलले बताए । घटनास्थलको वीरगञ्ज महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्णले अवलोकन गरेका थिए । विद्यालयको फर्निचर तोडफोड गर्ने कार्य एकदमै गलत भएको बताउदै भने विद्यालयका लागि १५ थान डेक्स बेञ्च दिन्छ ।’ तोडफोडबारे अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय श्रीपुरले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स
SQL requests:213. Generation time:5.433 sec. Memory consumption:81.35 mb