23.8 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

घरमा समय बिताइ राख्दा कृषकहरु चिन्तीत

वीरगंज, २३ आसार
पर्साका कृषकहरु आसार महिनामा चिन्तामा परेका छन । कृषकहरुको लागी आसार महिना खेतीपातीका लागी लगन जस्तो रहेको महिनामा पनि बसेर घरमा समय बिताइ राख्दा कृषकहरु झन चिन्तीत भएका छन । आसार महिनाको अन्तिम सातामा पनि पानी नपरेको र नहरको पानीबाट पनि सिचाई हुन नसक्दा सयौ किसानहरु पिडीत बन्नेका छन । त्यति मात्र होईन खेतीपातीका लागी चाहिने कम्पलेक्स मलको अभावले गर्दा पनि थप पिडा भोग्नु परेको पर्साका किसानहरु बताएका छन । पानी नपरेका कारण केही किसानले बोरिंग र पोखरीबाट सिचाई गर्न लाग्दा कम्पलेक्स मलको अभावले असाध्यै पिडा भोगिरहेको कालिकामाई गाउपालिका वडानम्बर २ भेडिहारीका सोहन साह कानुले बताएका छन । नेपाल कृर्षि प्रधान देश भएता पनि सिचाई र मलको अभाव हुनु दुखदाई भएको पर्साका बुद्धिजीवीहरु बताएका छन । कृषकहरुको उन्नतीका लागी स्थानिय सरकारले कदम नचालेको पनि स्थानियवासीहरु गुनासो गरेका छन । स्थानिय सरकारले कृर्षिका लागी बजेट बिनियोजन गरी सिचाई तथा मलको अभावलाई हटाए पर्साका कृषकहरु अगाडी बढन सजिलो हुन्थ्यो भने बिश्वास पकहामैनपुर गाउपालिका वडानम्बर १ धोरेका कृषक सुरेश मेहताले बताएका छन ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स
SQL requests:215. Generation time:4.928 sec. Memory consumption:81.36 mb