23.8 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

दुई दिने अभिमुखिकरण कार्यक्रम पर्सागढी नगरपालिकामा शुरु

बीरगंज, २३ अषाढ
पर्सा जिल्लाको पर्सागढी नगरपालिकामा उत्पे्रणात्मक दुई दिने अभिमुखिकरण कार्यक्रम शुरु भएको छ ।
पर्सागढी नगरपालिकाको सहयोग तथा टीम नेपाल पर्साको आयोजनामा नारी शिक्षा कार्यक्रम अन्तर्गत मानवता प्रर्बद्धन निम्ति सकारात्मक सोच विकास सम्बन्धि उत्पे्रणात्मक अभिमुखिकरण कार्यक्रम सोमबार देखी शुरु भएको छ ।पर्सा गढी नगरपालिकाका मेयर लोकनारायण यादवको प्रमुख आतिथ्यता तथा वडा नं ४ का वडाध्यक्ष सम्सुदिन साह देवानुको सभापतित्वमा अभिमुखीकरण कार्यक्रम संचालन भएको हो । नगरमा रहेका माध्यमिक तहमा अध्ययनरत छात्र छात्राहरुमा मानवता र नैतिकता र सकारात्मक सोचका विकासको निम्ति शुरु भएको हो । संचालित अभिमुखीकरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छोटेलाल यादव, प्रअ रामबहादुर चौधरी, वडा सदस्य रामपाठक विशेष उपस्थिती रहेको थियो भने मानवसेवा आश्रमका दिवेश गुप्ताले सहजीकरण गरेका थिए । लागु औषद, दुब्र्यस्नी विरुद्ध युवा भूमिका, समाजिक कुरिती विरुद्ध हाम्रो भूमिका सम्बन्धि बाँकी रहेका यी शीर्षकाका कार्यक्रम पछि गरिने तराई सशक्तिकरण र जनचेतना अभियान नेपालका कार्यक्रम संयोजक सरोज चौरसियाले जानकारी दिए ।सो विच मानव सेवा आश्रमलाई नगद रु ३० हजार सहयोग तथा उपस्थित विद्यार्थीहरुलाई मानव सेवा आश्रममा अवलोकन भ्रमण गराउने जनाइएको छ । संचालित अभिमुखीकरण कार्यक्रममा ४५ जना विद्यार्थीहरुको सहभागितामा रहेका छन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:212. Generation time:6.754 sec. Memory consumption:81.35 mb