23.8 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

संघिय शिक्षक फोरमको नवगठित कार्य समिति बिघटन गर्न माग

वीरगंज १९ असार ।
संघीय शिक्षक फोरम नेपाल पर्साको नयाँ कार्य समिति चयन प्रति एक पक्षले बिरोध जनाएको छ ।
नेपाल पत्रकार महासंघ पर्सा शाखामा आयोजित पत्रकार सम्मेलनमा शिक्षक फोरमको तेस्रो जिल्ला अधिवेशनबाट शिक्षक प्रतिनिधिहरुको भावना र बिचारलाई नजरअन्दाज गरी हैकम्बादी र मनोपोली ढंगबाट संघिय शिक्षक फोरमको नयाँ नेतृत्व चयन गरेको प्रति बिरोध जनाउदै सथप ग्रहण कार्यक्रम बहिस्कार गर्ने जनाएको छ । पत्रकार सम्मेलनमा नेपाल शिक्षक महासंघ वीरगंज महानगरपालिकाका सचिव दिनेश प्रसाद चौरसियाले संघीय शिक्षक फोरम नेपालको विधान बिपरित हरेन्द्र प्रसाद चौरसियाको अध्यक्षतामा चयन गरिएको कार्य समिति प्रति ध्यनाकर्षण भएको जनाउदै तत्काल समिति बिघटन गर्न माग गर्नु भएको छ । नवगठित कार्य समिति बिघटन गरी नयाँ जिल्ला कार्य समिति गठन नभए आफ्नो पदिय दायित्वबाट सामुहिक रुपमा राजिनामा दिने चेतावनी दिदै चौरसियाले असार २० गते हुन लागेको सपथग्रहण कार्यक्रमलाई बहिस्कार गर्ने समेत जनाउनु भएको छ ।
चौरसियाकै अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा संघिय शिक्षक फोरम नेपाल जगरनाथपुर गा।पा। अध्यष बादसाह रौनियार, बिन्दवासिनी गा।पा। अध्यक्ष मुकलेश राउत गदी, जिल्ला कार्य समिति सदस्य चन्देश्वर ओझा, रामदेव महतो, पकहामैनपुर गा।पा। सचिव शेषनाथ साह, हामेश्वर द्विवेदी लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:212. Generation time:3.945 sec. Memory consumption:81.38 mb