23.8 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

बालविवाह रोकथाम दाईजो प्रथा न्युनिकरण सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न

वीरगंज १९ असार ।
नेपाल युवा परिषद पर्साको आयोजनामा आज बिन्दवासिनी गाउँपालिकाको वडा नं। २ र ३ मा बालविवाह रोकथाम दाईजो प्रथा न्युनिकरण सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
वडा नं। २ मा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गाउँपालिकाका उपप्रमुख किरण देवी गुप्ताले समाजमा छोरी चेलीहरुलाई बोझको रुपमा बुझने गर्नाले बालबिवाह गर्ने परम्परा बढदै गएकोमा चिन्ता व्यक्त गर्नु भएको छ । बालबिवाह तथा दाईजो प्रथाका कारण समाजमा विभिन्न किसिमका हिंसाहरु भईरहेकोले सोलाई न्युनिकरण तथा रोकथाम गर्न सर्वप्रथम आफुहरुबाट नै प्रयास गर्न सुझाव दिनु भएको थियो । उहाँले समाजमा दाईजोकै कारण विभिन्न किसिमका शारिरिक मानसिक यातना दिने, जिउदै जलाउने लगायतका जघन्य अपराधहरु भईरहेकोले त्यसलाई पूर्ण रुपमा हटाउन सबैको साथ र सहयोगको आवश्यक्ता रहेकोमा जोड दिनु भएको थियो ।
संस्थाका अध्यक्ष श्रवण प्र। साहको सभापतित्वमा छुट्टा छुटै रुपमा भएको कार्यक्रममा वडा नं। २ का वडा अध्यक्ष संजय चौहान, गाउँपालिकाकी मंजु कुमारी कायस्थ, वडा नं। ३ का वडा अध्यक्ष सलमा खातुन, वडा सदस्य कृष्णा राउत, दलित सदस्य जगतीय देवी, सञ्चारकर्मी संजिव मिश्रा, अजय चौरसिया लगायतको सहभागीता रहेको थियो । कार्यक्रममा सहभागी करिब ५५ जनालाई सुनिल प्रजापती, निपु गुप्ता, सुनिता देवी, प्रभु यादव लगायतकाले प्रशिक्षण दिनु भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:212. Generation time:6.112 sec. Memory consumption:81.37 mb