23.8 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

बिन्दवासिनी गा.पा. वडा नं २ र ३ मा दलित वर्ग क्षमता विकास तालिम सम्पन्न

वीरगंज १९ असार ।
न्यु फ्रेन्ड्स क्लब करैयामाई–८ बाराको आयोजनामा आज बिन्दवासिनी गाउँपालिकाको वडा नं २ र ३ मा दलित वर्ग क्षमता विकास तालिम सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि गाउँपालिकाका उपप्रमुख किरण देवी गुप्ताले हामी २१ औं शताब्दीको युगमा प्रवेश गरे पनि समाजमा अहिले पनि दलितहरु माथि विभेद भएको सुन्दा अत्यन्तै दुःख लाग्ने गरेको बताउनु भएको छ ।

दलिहरु माथि समाजमा हेर्ने दृष्टिकोण सुधार हुदै गए पनि कुनै कुनै स्थानमा अहिले पनि दलितलाई तल्लो दर्जाको नागरिक मान्ने गरिएकोले त्यस्ता विभेदहरुलाई हटाउन यो तालिम फलदायी हुने बताउनु भयो ।

उहाँले दलित वर्गमाथि छुवाछुत, भेदभाव गरेमा कानुन बमोजिम कारवाहि हुने र आफुहरुले पनि त्यस्ता अपराधिहरुलाई कानुनी कठघरामा उभ्यान हरसम्भव प्रयास गर्ने बताउनु भयो ।
संस्थाका अध्यक्ष राजेश कुशवाहाको सभापतित्वमा भएको कार्यक्रममा वडा नं २ का वडा अध्यक्ष संजय चौहान, गाउँपालिकाकी मंजु कुमारी कायस्थ लगायतकाले तालिममा सिखेका ज्ञानलाई व्यवहारमा उतार्न सुझाव दिनु भएको थियो । यसैगरी वडा नं। ३ मा पनि दलित वर्ग क्षमता विकास तालिम सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष राजेश कुशवाहाको सभापतित्वमा भएको कार्यक्रममा वडा नं ३ का वडा अध्यक्ष सलमा खातुन, वडा सदस्य कृष्णा राउत, दलित सदस्य जगतीय देवी लगायतकाले तालिमका सफलताका शुभकामना व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा सहभागी करिब ७० जनालाई बृजलाल पासवान, अनिल कुशवाहा, दिवाकर गुप्ता लगायतकाले प्रशिक्षण दिनु भएको थियो । यस अघि बिन्दवासिनी गाउँपालिकाको वडा नं १ र ५ मा पनि दलित वर्गको क्षमता विकास तालिम सम्पन्न भएको संस्थाका लुकमान मियाले जानकारी दिनु भयो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:4.973 sec. Memory consumption:81.4 mb