27.7 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

राजस्व ठगी गरेको आरोपमा वीहीवार एक कम्पनीमा शिलबन्दी

वीरगंज १९ असार ।
स्थानीय प्रशासनद्धारा राजस्व ठगी गरेको आरोपमा वीहीवार एक कम्पनीमा शिलबन्दी गरेको छ । केवल संचालनको नाममा बीरगंजको गहवामा रहेको एच.डी.टेक्नोलोजी प्रा.ली.मा प्रशासनले छापामारी गरि शिलबन्दी गरेको हो ।
स्थानीय प्रशासनले छापामारी प्रशारण संस्थाको कन्ट्रोल रुपम रहेको संस्थामा शिलबन्दी गरि विभिन्न बैंकको ७ वटा चेक तथा अन्य कागजात नियन्त्रणमा लिएको छ ।
बीरगंज लगायत ग्रमीन क्षेत्रमा अनधिकृत रुपमा टिभी सेटअपबक्समा कार्ड नराखी टिभी च्यानल प्रशारण गरि आएको र राजस्व चुहावट गरेको आरोपमा पक्राउ गरेको हो।पक्राउ पर्नेमा प्रशारण संस्थाका संचालक बिजेन्द्र प्रसाद चौरसिया,युवराज भट्टराई र दिनेश कुम्हाललाई रहेको जल्ला प्रशासन कार्यालय पर्सा अधिकृत भानुभक्त बरालले जानकारी दिनु भयो । जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकिए अधिकृत भानुभक्त बराल,जिल्ला हुलाक कार्यालयका सरोज प्रसाद पौडेल,आन्तरिक राजश्वकार्यालयका उदयराम केसी र जिल्ला प्रहरी कार्यालयका अजुन कुमार अधिकारीको सयुक्त टोलीले अवैध रुपमा केवुल प्रशारणको सूचना पाएको आधारमा छापामारी गरेको हो । विगत १ वर्ष देखि हाम्रो टिभी च्यानलको सेटपबक्स प्रयोग गरि मैक्स टिभी च्यानल प्रशारण गरी हजारौ ग्राहकसंग ३ सयको दरले पैसा उठाएर बिल समेत नदिई लाखौ रुपैया राजश्व चुहावट गरेको आरोपमा उनिहरु पक्राउ परेका हुन ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:214. Generation time:2.941 sec. Memory consumption:81.39 mb