23.8 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

वीरगंजमा स्व गिरिजा प्रसाद कोइरालाको ९५ औं जन्म जयन्ति मनाए

वीरगंज,१८ असार ।
वीरगंज महानगरपालिका नेपाली काँग्रेस वडा कार्य समिति ३ पर्साले स्व गिरिजा प्रसाद कोइरालाको ९५ औं जन्म जयन्ति मनाएको छ ।

लोकतान्त्रीक गणतन्त्र नेपालको प्रथम राष्ट्रअध्यक्ष,पुर्व प्रधानमन्त्री नेपाली कांग्रेसका पुर्व सभापति नेपाली राजनीतिका शिखर पुरुष स्व गिरिजा प्रसाद कोइरालाको ९५ औं जन्म जयन्तिको अवसरमा नारायणी क्षेत्रीया अस्पतालमा रहेका विरामीहरुलाई फलफुल र पानि वितरण गरी मनाईको छ ।

नपाली काँग्रेस वडा कार्य समिति ३ का सभापति शेख निजामुदिनको अध्यक्षतामा भएको कार्यक्रममा मौन धारण फलफुल वितरण र सरफाई गरेका थिए ।कार्यक्रमका प्रमुख अतिथि विरगंज महानगरपालिका का उपमेयर शान्ती कार्कीले आफनो मन्तव्यमा कोइरालाई ब्यक्तित्व, बिचार र राजनैतिक भूमिका देखि राष्ट्र प्रमुख सम्मको यात्राका बारेमा चर्चा गरिएको थियो ।

यस्तै नेपाली कांग्रेसका प्रदेश सभा सदस्य ओम प्रकाश शर्माले भने गिरिजा बाबुको नेपाली राजनीतिका शीर्ष व्यक्तित्व एवं शान्ति प्रक्रिया र संविधान निर्माणको सूत्रधारका रुपमा रहेको र तत्कालिन नेकपा माओबादीलाई १२ बुँदे सम्झौता मार्फत शान्तिपूर्ण राजनीतिको मुलधारमा ल्याउन प्रमुख भुमिका खेलेका थिए ।

तर हालकोे सरकारले दुई तिहाईको दम्बमा भ्रष्टचार गरी रहेको औल्लायाए भने स्व गिरिजा प्रसाद कोइरालालाई समझिदै छौ यदी उहा भईलिएको भए देशको यो अवस्था नरहने बताए ।

कार्यक्रममा जिल्ला सदस्य र जिपी फाउन्डेशनका अध्यक्ष महमद साहबुदिन,प्रेस यूनियन पर्साका कोषअध्यक्ष ईफान अलि, प्रेस युनियन सचिव लालकिशोर सिंह,प्रकाश उपाध्याय,दिना गुप्ता,अमजद अंसारी लगायतको उपस्थिति रहेको थियो ।फलफुल वितरण कार्यक्रम नारायणी क्षेत्रीय अस्पतालका सम्पुर्ण विरामीहरुलाई उपल्बध गराईको थियो ।
यन्तीको अवसरमा फलफुल वितरण

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:217. Generation time:4.168 sec. Memory consumption:81.42 mb