23.8 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

पकहामैनपुर गाउपालिकामा सडक निमाणमा भ्रस्टचार भईरहेको स्थानियको आरोप

गाउपालिकाको सबैठवा वडा नम्बर ५का स्थानियवासिहरुले ठेकेदारले सडकमा गरेको निमाण तथा ग्रेभलिंगमा गिट्टीरबालुवाको मात्रा कम रहेको र माटो मात्र बढी रहेको बताउदै। तस्वीरः प्रणय साह

प्रणय साह
वीरगंज,१६ असार ।
पर्साको पकहामैनपुर गाउपालिकामा अहिले असारे विकास लागी परेको छ ।गापालिकाको वडा नम्बर ५ सडक निमाणका लागी दिएको ठेककामा अनिमिकता देखिएको छ ।

वडा नम्बर ५का केहि स्थानीयलाई सडक निमाणमा भ्रस्टचार भईरहेको जिकिर गरेका छन् ।गाउपालिकाको सबैठवा वडा नम्बर ५का स्थानियवासिहरुले ठेकेदारले सडकमा गरेको निमाण तथा ग्रेभलिंगमा गिट्टीरबालुवाको मात्रा कम रहेको र माटो मात्र बढी रहेको आरोप लगाएका छन् ।

वडानम्बर ५ लक्ष्मीपुरको उतरपटि र गदियानी पोखरीयाको दक्षिणपटि रहेको रोडको बाटोमा ठेकेदारले मात्रै माटो खसालेको आरोप स्थानिय मुन्ना चौरसियाले बताएका छन । लगभग २ सय ५० मिटर सडकमा गरिएको ग्रेभलिंगमा बालु र ढुंगाको मात्रा कम रहेको र बढी मात्रामा बलौटे माटो रहेकोले ठेकेदारको भुक्तानी रोक्न समेत आग्रह गरिएको सोही वडाका वडासदस्य महेन्द्र रामले बताएका छन । ५ लाखको बजेट रहेको ग्रेभलिंगको भुक्तानी गाउपालिकाले दिए जिम्मेवारी गाउपालिका अध्यक्ष र प्रमुख प्रशासकिय अधिकृतले लिनु पर्ने मांग रहेको वडा सदस्य बिश्वनाथ चौरसियाले बताए ।

यस बिषयमा स्थानियवासीहरु सित बुझदा वडा अध्यक्ष लेकमन पटेलले पनि सडकमा खसालिएको ग्रेभलमा माटो नै माटो देखिएकोले कार्य सम्पन प्रतिवेदन नदिने प्रतिबद्धता गर्नु भएको स्थानिय मंजुर राउत गदीले बताए। विकासको काममा जनप्रतिनिधी भन्दा आमजनता चेतनशिल भए भ्रष्टाचारी हुनबाट जोगिने र विकासको काम पनि कमजोर नहुने कहामैनपुर गाउपालिका वडा नम्बर ५ का स्थानिय बुद्धिजीवीहरु बताए । पर्साको पकाहामैनपुर गाउँपालिकामा रोड ग्राभलिगको ठाउँमा माटो मात्र उछाएको भिटिएको सर्वसधारणहरुको गुनासो समेत गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:5.363 sec. Memory consumption:81.41 mb