2 April 2025
KALIKATIMES.COM

निःशुल्क स्वास्थ्य शिविर तथा आँखा चेकजाँच सम्पन्न

वीरगंज, १४ असार । वीरगंज आदर्शनगर ग्रीन सिटि सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरीद्वारा वयोधा अस्पताल र माट्रीका आई फाउण्डेशनको सहयोगमा स्वास्थ्य शिविरको आयोजना गरिएको छ । सो शिविरको अध्यक्षता ग्रीन सिटी सामुदायिकका अध्यक्ष प्रकाश खेतान रहेका थिए भने कार्यक्रमको प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक सामेन्द्र सिंह राठौरले शिविरको उद्घाटन गर्नु भएको थियो ।

सो शिविरमा ७५० जना बिरामीले निःशुल्क चेकजाँच गराएका थिए भने शिविरमा बिरामीहरुलाई निःशुल्क औषधी वितरण समेत गरिएको थियो । शिविरमा वयोधा अस्पतालका समस्त टिम सहयोगी विशेषज्ञ डाक्टरहरुले बाल रोग विशेषज्ञ, गाइनो, जनरल लाईन फिजिसियन र माट्रीका आई फाउण्डेशनका डा. महेश सिंह धामीले बिरामीहरुको आँखाको चेकजाँच गरेका थिए । वयोधा अस्पतालका डाक्टर खुशबु अग्रवाल, डा. रन्जन कुमार झा, डा. नविन कुमार सिंह, डा. राजिव कुमार साह, डा. नविन प्रसाद यादव, डा. सारधा पन्त, डा. एस.क. जैसवाल, डा. सृजना हाडा लगायतका डाक्टरहरुले चेकजाँच गरेका थिए ।

कार्यक्रममा वीरगंज महानगरपालिकाका मेयर बिजय सरावगी, उप–मेयर शान्ति कार्की, जिल्ला प्रशासन कार्यालय पर्साका नेत्र प्रसाद शर्मा, विभिन्न संघसंस्थाका पदाधिकारीहरु लगायत सञ्चारकर्मी र स्थानीय भद्रभलादमीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

एमालेको सड़क प्रदर्शनले सरकारको असफलतालाई पुष्टी गर्छ : प्रभु साह

कालिका टाईम्स

पर्सागढीकाे शिक्षक नियुक्ति विवाद अदालत सम्म पुग्याे

कालिका टाईम्स

फस्ट स्टेप प्रिस्कुलकाे दाेस्राे बार्षिकाेत्सव सम्पन्न

कालिका टाईम्स
SQL requests:214. Generation time:4.319 sec. Memory consumption:82.44 mb