27.7 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

कानुनी चेतना सम्बन्धी तालिम सम्मपन

वीरगंज,१४ आसार
पर्साको बिन्दासिनी गाउपालिकाको सहयोगमा र ब्रिलिएन्ट युवा क्लब भेडिहारीको आयोजनामा बिन्दवासिनी गाउपालिकाको वडानम्बर १ देखी ५ सम्म बालविवाह न्युनिकरणका लागी कानुनी चेतना सम्बन्धी तालिम आज सम्म सम्मपन भएको छ । आज सोही गाउपालिकाको वडानम्बर १ गर्दौलमा वडा अध्यक्ष सागिरमा मियाको अध्यक्षतामा र गाउपालिकाकी उपाध्यक्ष किरण देवी गुप्ताको प्रमुख आतिथ्य सम्पन भएको हो ।

समापन समारोहमा बोल्दै उपाध्यक्ष गुप्ताले बालविवाहका कारणले महिलाहरुको हत्य हिंसामा बृद्धि भएको बताउनु भएको छ । बिन्दाविसनी गाउपालिकाकी उपाध्यक्ष किरण गुप्ताले अब जो कोई पनि वालविवाह गरे, गराए, दण्डजरिवाना र जेल जाने बताउनु भएको छ । समापन समारोहमा समाजिक विकास शाखा प्रमुख रामप्रबेश साह, सहायक रमेन्द्रनाथ तिवारी, वडासचिव बिरेन्द्र महतो लगायतकाले मन्तब्य राखेका थिए ।

यसै गरी आज वडानम्बर २ बहुअवर्वाभाटठामा वडाअध्यक्ष संजय चौहानको अध्यक्षतामा बालविवाह न्युनिकरणका लागी कानुनी चेतना सम्बन्धी तालिम सम्पन भएको छ ।

आषाढ ११ देखी शुरु भएको तालिम १ देखी ५ नम्बर वडा सम्म आज एक कार्यक्रमका बिच वडानम्बर १ गर्दौलमा समापन भएको हो । तालिममा प्रत्येक वडाका ३०–३० जनाको सहभागीता रहेको थियो । पाचै वटा वडामा अधिवक्ता रामनारायण कुर्मी, अधिवक्ता स्वेता सरित लगायत अन्य प्रशिक्षकहरुले प्रशिक्षण दिनु भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:4.794 sec. Memory consumption:81.4 mb