22.6 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

विदुयुत प्राधिकरण वीरगञ्जले पैसा नतिर्ने ६ सय ग्राहकको लाइन काट्यो

वीरगंज : नेपाल विद्युत प्राधिकरण वीरगञ्ज वितरण केन्द्रले चालु आर्थिक वर्षको चैतसम्ममा विद्युत महसुल नबुझाउने झण्डै ६ सय ग्राहको विद्युत लाइन काटेको छ ।

प्राधिकरणले बारा पर्साका विभिन्न ठाउँका ५ सय ९८ ग्राहकको विद्युत लाइन काटेको केन्द्रका प्रमुख मुनिन्द्र ठाकुरले जानकारी दिनुभयो । काटिएकामध्ये ५ सय ९५ जनाले पुन: लाइन जडान गरेको र त्यसबाट ५ करोड १४ लाख रुपैयाँ असुल भएको पनि उहाँले जानकारी दिनुभयो ।

साथै प्राधिकरणले ८७ ग्राहकलाई कालो सूचीमा राखेर कारवाही पनि गरेको छ । पटक पटक शुल्क असुलीको ताकेता गर्दा पनि नउठेपछि लाइन काटेर कालो सूचीमा राखेर कारवाही गरिएकाे उहाँले बताउनुभयाे । ८७ ग्राहकबाट ४३ लाख महसुल असुल गरिएकाे पनि शाखा प्रमुख ठाकुरले बताउनुभयाे ।

यो बाहेक प्राधिकरण वीरगञ्ज शाखाले बिलिङ गरेको झण्डै शत प्रतिशत विद्युत महसुल संकलन भएको शाखा प्रमुख ठाकुरले जानकारी दिनुभयो । सडक बत्तीको शुल्क छाडेर बाँकी महसुल संकलन भएको उहाँले बताउनुभयो ।

चालु आर्थिक वर्षको चैतसम्ममा प्राधिकरण वीरगंज वितरण केन्द्रले २ अर्ब ४८ करोड ६४ लाख रुपैयाँ विद्युत महसुल उठाएको छ ।

शाखाले २ अर्ब ७५ करोड ४६ लाख रुपैयाँ विलिङ गरेको थियो । यसमा सडक बत्ति लगायत अन्य विविध जोडिएकाले बढी बिलिङ देखिएको उहाँले बताउनुभयो ।

प्राधिकरण वीरगञ्ज शाखाले चुहावट अन्त्य गर्न विभिन्न स्थानमा अनुगमनका साथै हुकिङ गरेर विद्युत चोरी गर्नेलाई कारबाहीको दायरामा पनि ल्याइरहेको शाखा प्रमुख ठाकुरले बताउनुभयो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:3.657 sec. Memory consumption:81.45 mb