27.7 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

वातावरणीय सरसफाई सम्बन्धि तालिम शुरु

असार १२
पर्साको बिन्दवासनी गाँउपालिका वडा नम्बर ४ अमरपट्टीमा वातावरणीय सरसफाई सम्बन्धि बिभिन्न तालिम शुरु भएको छ । युनिसेफ नेपालको सहयोग र बिन्दवासनी गाँउपालिकाको सहयोगमा शुरु भएको तालिममा ५० जनाको सहभागिता रहेको थियो । वडा नम्बर ४ का वडा अध्यक्ष अनोज कुमार चौरसियाको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य मुकेश साह, रुवाजा खातुन, सरस्वती देवी, बिद्यालयका प्रअ, शिक्षक शिक्षिका, बाल क्लब, संघ संस्थाका प्रतिनिधि ,प्रहरी प्रमुख लगायतको सहभागिता रहेको थियो ।

बिक्रमा प्रसाद साह र राजेश्वर प्रसाद चौरसियाले प्रशिक्षण दिनुभएको गाँउपालिकाका समाजिक बिकाश प्रमुख रामप्रवेश साहले बताउनुभयो । तालिममा चर्पी निर्माण,चर्पीको प्रयोग , सावुन पानीले हात धुने तरिका र २१ गते हुने खुल्ला दिशामुक्त कार्यक्रमको तयारी बारे जानकारी गराइएको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:5.370 sec. Memory consumption:81.38 mb