30.7 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

वन ब्यवस्थापन सम्बन्धी ४ दिने तालिम शुरु

वीरगंज,७ आसार ।
जिल्ला वन कार्यालय पर्साको आयोजनामा ४ दिने तालीम शुरु भएको छ । शनिवार देखी जिल्ला वन कार्यालय बिरगंज पर्साको सभाहालमा साझेदारी वन ब्यवस्थापन समितीहरुलाई वन ब्यवस्थापन सम्बन्धी ४ दिने तालिम शुरु भएको हो ।

पर्साका ३ वटा साझेदारी वन ब्यवस्थापन सबैया, बिन्दवासिनी र गादीमाईका ३० जनालाई कृष्णबहादुर भुजेलले प्रशिक्षण दिरहनु भएको छ । ४ दिने तालिमले पर्साका वनमा रहेका कुहेका, बागों, र उमेर पुगेकोलाई ब्यवस्थापन कसरी गर्ने, त्यसको अवधारणा, अभ्यास, निति नियम, बैज्ञानिक वन ब्यवस्थापनको प्रकृया, कार्ययोजना र कटान योजना बारे जानकारी दिने प्रशिक्षक भुजेलले बताउनु भएको छ । यसैगरी साझेदारी सदस्य तथा सहभागीहरुलाई पर्साको सबैया साझेदारी र बाराको वन साझेदारीमा भ्रमण पनि गराईने गादीमाई साझेदारीका संयोजक कृष्णमोहन यादवले बताएका छन ।

तराईमा १३ करोड घनमिटर वनजंगल रहे पनि आमजनताले वनको उपभोबाट बंचित रहेको छ । प्रदेशको जिम्मेवारीमा वनजंगल राख्ने राष्ट्रिय निती रहेकोले प्रदेश सरकारले अहिले वन सम्बन्धी ऐन, नियमावली नल्याएका कारण उपभोग्य गर्नबाट सर्वसाधारण बंचित भएका छन । नेपालमा अहिले सम्म ३० वटा साझेदारी वन ब्यवस्थापन समिती सक्रिय रहेको प्रशिक्षक भुजेलले बताउनु भएको हो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:219. Generation time:3.632 sec. Memory consumption:81.74 mb