23.1 C
Birgunj
26 October 2024
KALIKATIMES.COM

बिन्दवासिनी गाउँपालिकाद्वारा आयोजित पत्रकारिता तालिम सम्पन्न

patrakarita talim_kalikatimes

वीरगंज, ६ असार ।
पर्साको बिन्दवासिनी गाउँपालिकामा आयोजित पत्रकाहरुको क्षमता अभिवृद्धि सम्बन्धी ३ दिने तालिम शुक्रबार सम्पन्न भएको छ । बिन्दवासिनी गाउँपालिकाले आयोजनाको गरेको क्षमता अभिवृद्धि सम्बन्धी आधारभुत पत्रकारिता तालिम सम्पन्न भएको हो । तालिमको समापन समारोहमा वोल्दै गाउँपालिकाकी उपाध्यक्ष किरण देवी गुप्ताले पत्रकारहरुलाई अझै जिम्मेवार र दक्ष बनाउन तालिमको आयोजना गरिएको वताईन ।

मुलुक संघियतामा गइसके पछि स्थानिय सरकारको जिम्मेवारी बुझेर गाउँपालिकाले पत्रकारहरुको क्षमता अभिवृद्धिको लागि तालिमको आयोजना गरेको गुप्ताले वताईन । उनले तालिमबाट सिकेको कुरालाई व्यवहार लागु गरी अझै सशक्त पत्रकारिता गर्नु पर्ने धारणा राखिन ।

पत्रकार महासंघ पर्साकाका अध्यक्ष श्याम बन्जाराले पत्रकारहरुलाई दक्ष बनाउन गाउँपालिकाले तालिम आयोजना गरेकोमा पत्रकाहरुको तर्फबाट बिन्दवासिनी गाउँपालिकालाई धन्यावाद व्यक्त समेत गरे ।

बिन्दवासिनी गाउँपालिकाका प्रेस सल्लाहकार संजिव मिश्राको अध्यक्षतामा भएको समापन समारोहमा संघिय प्रेस फोरम प्रदेश नं. २ का उपाध्यक्ष विजय कुशवाहा, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष अनुप तिवारी, सचिव युवराज खडका लगायतकाले मन्तव्य राखेका थिए भने कार्यक्रमको संचालन मुकलेश गद्दीले गरेका थिए ।

तालिमको सहजिकरण नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का उपाध्यक्ष केशी लामिक्षाने, आवाज एफ.एम. का स्टेशन मेनेजर सुरेश विडारी लगायतकाले गरेका थिए । बहुअर्वा भाठा स्थित रहेको गाउँपालिकाको भाडाको भवनमा भएको तालिममा विभिन्न संचार माध्यमका आधा दर्जन जति पत्रकारहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

उपेन्द्र यादवको अधिनायकवादले पार्टी विभाजन अनिवार्य बनायो : प्रदिप यादव

कालिका टाईम्स

सहकारी ठगहरूले उन्मुक्ति पाउँदैनन् : मन्त्री गुप्ता

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता सम्पन्न, साउथजाेन मावि भए प्रथम

कालिका टाईम्स
SQL requests:216. Generation time:3.590 sec. Memory consumption:81.45 mb