27.7 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

गर्मीका कारण चुरे क्षेत्रका जिल्लाहरुको जनजिवन प्रभावित

वीरगंज,३१ जेठ ।
एक्कासी दुई दिन देखी बढेको गर्मीले चुरे क्षेत्रका जिल्लाहरुको जनजिवन प्रभावित वनेको छ ।विहान सूर्योदय भए सँगै गर्मी हुने र गर्मीवाट विभिन्न किसीमका छाल सम्बन्द्धीत रोग लागने भएको कारण घर बाहिर निस्कन छाडेका छन् । छालाको रोगसंगै गर्मीका कारण बच्चाहरुलाई ज्वरो, बमिट तथा झाडा पखाला हुने र वृद्धवृद्धाहरुलाई खुट्टाको घुडा दुख्ने तथा श्वास प्रश्वासको समस्या हुनेहरुको वाल रोग विशेषज्ञ डा.आनन्द कुमार झाले जानकारी दिए ।

तातो हावा तथा बढ्दो गर्मीका कारण सर्वसाधारणहरु घरबाहिर निस्कन सकेका छैनन्। सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थाहरुमा सेवाग्राहीको तथा वीरगज बजारमा दैनिक ज्यालादारीमा मजदुरी गर्नेहरू प्रभावित भएका छन्। यसै विच गर्मीका कारण विद्यालयमा छात्रा बेहोस भएका छन् । शुक्रबार विहान अत्यधिक गर्मीका कारण लु लागेर वीरगंज महानगरपालिका स्थित त्रि–जुद्ध माध्यमिक विद्यालयका कक्षा ७ मा अध्ययनरत छात्रा ममता कुमारी यादव बेहोस भएकी थिईन। उनलाई तत्काल नजिकै रहेको नारायणी अस्पतालमा भर्ना गरिएको थियो।

उपचारपश्चात उनी घर फर्किएकी छिन्। अत्यधिक गर्मीको कारण बालिका भुइँमा लडेर अचेत भएपछि शिक्षक–विद्यार्थी मिलेर बेहोस अवस्थामै उपचारको लागि अस्पताल र्पुयाएका थिए। गर्मीयाम सुरु भएदेखि नै नारायणी अस्पताल वीरगंजमा झाडापखाला, ज्वरो, सर्पदंश लगायतका विरामीहरु दैनिक २५ देखी ३० जना सम्म उपचारको लागि आउने गरेको अस्पतालका चिकित्सक डा.एमामुलहकले बताए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:3.599 sec. Memory consumption:81.38 mb