27.7 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

युवाहरुका लागी रोजगारी सृजना गर्न दबाब स्थानीय सरकारलाई

वीरगंज,३१जेठ ।
वीरगंजका सचेत युवाहरुले स्थानीय स्तरमै  युवाहरुका लागी रोजगारी सृजना गर्न दबाब दिन स्थानीय सरकारलाई खबरदारी गरेका छन् । शुक्रबार विहान वीरगंजको घण्टाघरमा एक कार्यक्रमको आयोजना गरी वीरगंजका सचेत युवाहरद्वारा स्थानीय सरकारले युवाको क्षमता अभिबृद्धि गर्न विभिन्न किसिमका सिपमूलक तालिमको साथै विभिन्न स्रोत साधनको विकास गरी रोजगारको अवशरका लागी पर्साका १४ वटै स्थानीयका प्रमुखलाई एस एम एस गरी ध्यानाकर्षण गराएका हुन् । जावफदेहिताको लागी हाम्रो अभियान पर्साको पहलमा भएको कार्यक्रममा स्थानीय तहमा ‘‘युवाहरको लागी खोई त अवसर ? प्रमुख ज्यु तपाईको पालिकाले यसपालिको योजनामा के ल्याउँदै छ त ? सचेत नागरिकको खबरदारी !’’ लेखी पर्साका १४ वटैै स्थानीय तहका प्रमुखलाई एस एम एस पठाईएको हो ।कार्यक्रममा जवाफदेहिताको लागी हाम्रो अभियान पर्साका संयोजक शिवनाथ यादव, पहलका अध्यक्ष दिलिप राज कार्की, नेविसंघका विधार्थी नेता बद्री तिवारी, पत्रकार सुरेश विडारी, सन्ध्या पौडेल लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:212. Generation time:3.888 sec. Memory consumption:81.37 mb