27.7 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

पोखरिया बिधुत प्राधिकरण शाखा द्धारा बितरित लाईन ३ दिन देखी अवरुध

वीरगंज,२८ जेठ ।
पर्साको पोखरिया बिधुत प्राधिकरण शाखा द्धारा बितरित लाईन ३ दिन देखी अवरुध हुदा उपभोग्ताहरु मर्कामा परेका छन । पोखरीया शाखाका कर्मचारीहरुका कारण ३ दिन बितिदा पनि आज सम्म लाईन नआउदा उपभोगता मारममा परेका छन । हावाहुरीका कारण पोल ढलेकोले लाईन भएता पनि कर्मचारीहरुले छिटो छिटो काम नसकाउदा लाईन आउन नसकेको स्थानियवासीहरु बताएका छन ।

पोखरीया शाखाबाट बितरित बिधुत लाईन बिन्दवासिनी गाउपालिका, पकहामैनपुर गाउपालिका, कालिकामाई गाउपालिका, छिपहरुमाई गाउपालिका लगायत गा्रमिण भेगका लाईन अवरुध भएको हो । लाईन अवरुध हुदा मोवाईल चार्ज नभएकोले फोन सम्पर्क पनि बिच्छेद भएको छ ।

लाईनबाट चल्ने सम्मपुर्ण उपकर्णहरु बन्द भएको छ भने हजारौ स्थानियवासीहरु अन्धकारमा बस्न बाध्य भएका छन । यस बिषय बिधुत कार्यालय पोखरीयामा सम्पर्क गर्दा बिस्तारै बिस्तारै काम भईरहेको बताएका छन भने लाईन अवरुध हुदा संचारमा समस्या पर्ने भएकोले ईलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरिक्षक मछिन्द्र केसीले आज जसरी भए पनि लाईन आउने बताउनु भएको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:217. Generation time:6.531 sec. Memory consumption:81.41 mb