27.7 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

ईजीआरपी कार्यक्रमको समिक्षा बैठक सम्पन्न

वीरगंज, २५ जेठ ।
ईजीआरपी कार्यक्रम अन्तर्गत शनिवार जिल्ला शिक्षा विकास समन्वय ईकाई कार्यालय पर्साको समन्य समितीको बैठकले बिगतमा भएका क्रियाकलापहरुको समिक्षा गर्दै अनुमोदन गरेको छ । जिल्ला शिक्षा विकास समन्वय ईकाई कार्यालय पर्साका प्रमुख हरी राउत कुर्मीको अध्यक्षतामा बिरगंजको भिस्वा होटलमा बसेको बैठकले यस क्षेत्रमा काम गर्ने समाजिक संस्थाका कर्मचारीलाई नियमित रुपमा कार्यक्षेत्रमा जाने निर्णय गरेको छ ।

५ वटा गाउपालिका जगरनाथपुर, पर्सागडी, कालिकामाई, धोबिनी र पटेर्वा सुगोलीका बिधालयहरुमा ४वटा क्रियाकलाप मध्ये शुन्य मात्र काम गरेकोले गाउपालिकाका पदाधिकारीहरु सित छलफल गरी निष्कर्षमा पुगने निर्णय गरेको छ । जिल्लामा रहेको बिधालयहरुमा महिनाको अनिवार्य एक पटक नत्र २ पटक अनुगमन गर्ने समेत निर्णय गरेको छ ।

३ सय ६० बिधालयमा शिक्षण सामग्री पठाएको, १ सय ११ वटा बिधालयहरुमा बिधालय ब्यवस्थापन समिती गठन गर्न सफल भएको र कक्षाकोठामा आधारित पठन सिप परिक्षण गरेकोले बैठकले काम प्रति बधाई ज्ञापन गरेको ईजिआरी कार्यक्रमका संयोजक भरत सहनीलेबताउनु भएको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:4.187 sec. Memory consumption:81.41 mb