27.7 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

दलित स्कुल ल्याएर मात्र विकास नहुने:-उपमेयर कार्की

वीरगंज,२४ जेठ ।
सुन्दर शान्त नेपाल परियोजना पर्साको त्रैमासिक संवाद समन्वय बैठक शुक्रबार सम्पन्न भएको छ । वीरगंज स्थित कन्ट्रीईन होटलमा आयोजीत कार्यक्रममा संवाद मंच र नागरिक समाज संस्था संचारकर्मीसंग त्रैमासिक बैठक समपन्न गरीएको हो ।
जन जागरण युवा क्लब बाराको आयोजनामा सुन्दर शान्त नेपाल परियोजना बैठकमा दलित, सिमान्कृत तथा पिछडा वर्गहरुका समुदायहरुको लागी राज्यले ल्याएको निति नियम बारे त्रैमासिक छलफल तथा संवाद गरीएको थियो ।

कार्यक्रममा वीरगंज महानगरापलिकाकी उपमेयर शान्ति कार्कीले दलित तथा सिमान्तकृत समुदायको सिट आरक्षण भएकोले दलित स्कुल ल्याएर मात्र विकास नहुने र दलित विकासको लागी सबै जातीसंग समायोजन गरेर मात्र शिक्षा दिईयो भने दलित, सिमान्कृत समुदायको विकास सम्भव हुने उनले बताईन् ।
कार्यक्रममा स्थानीय तहमा जाँदा उक्त सेवाबाट दलितहरुको अगुवा भेला गरी सजिलै सेवा प्रवाह गर्न स्थानीय सरकारले उत्तदायी भूमिका निर्वाह गर्नुपर्ने सहभागी वक्ताहरुले प्रस्तुत गरेका थिए । सुन्दर शान्त नेपाल परियोजना पर्साका संयोजक ओमप्रकाश सर्राफको संयोजकत्वमा भएको बैठकमा दलित र सिमान्कृत समुदायको अधिकार संरक्षित गर्न दलित बस्तीमा अन्तरक्रिया, सिपमूलक तालीम, समुदायको निर्माण जस्ता कार्य स्थानीय सरकारले अहम भूमिका खेल्नु पर्ने जानकारी दिएका थिए ।
जनजागरण युवा क्लब बाराले आयोजना गरेको बैठकका सहजीकरण शिवनाथ यादवले गरेका थिए भने नेपाली कांग्रेसका जिल्ला सचिव श्याम पटेल, बहुदरमाई नगरपालिकाकी उपमेयर गायत्री देवी यादव, नागरिक सम्वाद मञ्च पर्साकी सदस्य शोभा धमला, दलित महिला संघ पर्साकी अध्यक्ष निला राम लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:3.830 sec. Memory consumption:81.41 mb