30.7 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

वातावरण तथा सरसफाई सम्बन्धि दुई दिने तालिम सम्पन्न

वीरगंज,२४ जेठ ।
पर्साको बिन्दवासनी गाँउपालिका वडा नम्बर ४ अमरपट्टि मा वातावरण तथा सरसफाई सम्बन्धि दुई दिने तालिम सम्पन्न भएको छ । गाँउपालिका उपाध्यक्ष किरण देवी गुप्ताको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा ४५ जनाको सहभागिता रहेको थियो । तालिममा वातारण तथा सरसफाई सम्बन्धि फाईदा बेफाईदा, चर्पी निर्माण, वातावरण सम्बन्धि स्थानियको भुमिका लगायत बिषयमा छलफल भएको थियो ।

वडा अध्यक्ष अनोज कुमार चौरसियाको अध्यक्षतामा भएको तालिममा वडा सदस्य मुकेश साह,हरिन्द्र प्रसाद ,वास संयोजक राजेश यादव, प्रअ अमर यादव, कन्दैया साह, शिक्षक मुकलेश गद्दी लगायत स्थानियको सहभागिता रहेको थियो । तालिममा राजेश प्रसाद यादव र बिक्रम प्रसाद साहले प्रशिक्षण दिनुभएको थियो ।

युनिसेफ नेपालको सहयोग र बिन्दवासनी गाँउपालिकाको आयोजनामा भएको तालिममा असार २१ गते वडालाई खुल्ला दिशामुक्त वडा घोषणा गर्ने सहभागि प्रतिनिधिहरुले प्रतिवद्धता जनाउनु भएको थियो । खुल्ला दिशामुक्तको लागि मधवल, अमरपट्टि र झौवामा निगरानी समिती गठन र तालिममा सहभागिहरुलाई पोशाक समेत बितरण गरिएको बिन्दवासनी गाउँपालिकाका समाजिक बिकाश प्रमुख रामप्रवेश साहले बताउनुभयो ।

दश दिन देखि शुरु तालिम आज सम्पन्न भएको छ । यसै गरी सोही गाउपालिकाको वडानम्बर ४ यहि आउदो आषाढ २१ गते खुल्ला दिशामुक्त घोषणा गर्ने निर्णय गरिएको बिन्दवासिनी गाउपालिकाकी उपाध्यक्ष किरण देवी गुप्ताले बताउनु भएको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:2.658 sec. Memory consumption:81.41 mb