30.7 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

चितुवाको छाला सहित एक पक्राउ

बारा २३ जेठ ।
जिल्ला प्रहरी कार्यालय बाराले चितुवाको छाला सहित एक जनालाई पक्राउ गरेका छन् ।जिल्ला प्रहरी कार्यालय बारा र इलाका प्रहरी कार्यालय जीतपुरवाट खटिएको टोलीले पक्राउ गरेको हो ।

हेटौडा तर्फवाट वीरगंज लादै गरेको अवस्थामा बुधवार बेलुका साढे चार बजे जीतपुरसिमरा सडक खण्डमा चेकजाचँको क्रममा पक्राउ परेका हुुन ।पक्राउ परेका प्रदेश न ३ का मकवानपुर जिल्ला बकैया गाउपालिका वडा नं २ का लालबहादुर गोलेका छोरा सोम बहादुर गोले रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रर्वाता रंजित सिंह राठौरले बताए ।

पक्राउ परेका गोलेबाट चितुवाको छाला एक थान र चार वटा दाँत फेला परेको छ । बरामद छाला,दाँत र अभियुक्तलाई आवश्यक कारवाहीको लागी सम्वन्धित निकाय डिभिजन वन कार्यालय बारा सिमरा मुख्यालयमा बुझाउने राठौर जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:7.220 sec. Memory consumption:81.38 mb