30.7 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

महिला पत्रकारका लागी दुई दिने लैङ्गिक समता र सुरक्षा तालिम सुरु

वीरगंज,२३ जेठ ।
महिला पत्रकारका लागी दुई दिने लैङ्गिक समता र सुरक्षा तालिम सुरु भएको छ । वीरगंजमा I.F.J को सहयोग र नेपाल प्रेस युनियन पर्साको आयोजनामा दुई दिने लैङ्गिक समता र सुरक्षा तालिम आज विहिवार देखि सुरु भएको छ ।

कार्यक्रमका प्रमुख अतिथी नेपाल पत्रकार महासंघका प्रदेश नं २ का अध्यक्ष दिपेन्द्र चौहानले व्यानरमा लेखिएको विषयला पढी उद्धघाटन गनु भएका हो। उद्धघाटन कार्यक्रममा बोलदै चौहानले विगतको दिनलाई सम्झिदै भने पत्रकारीता क्षेत्रमा महिला पत्रकारको वृधि भएको छ र आफुहरुलाई खुशि लागेको छ ।

तर महिला पत्रकारहरुलाई यस क्षेत्रमा टिकाउन सहज नरहेको र धेरै चुनैतिहरु रहेको बताउनु भयो र महिला पत्रकारहरु पेशालाई जोगाउन आ आफ्नो ठाउँबाट पहल गर्नु पर्नेमा जोड दिनुभयो ।महिलाहरुका लागी यस क्षेत्रमा औसर रहेको तथा त्यसता औसरलाई सदयुपयोगका लागी आफुमा क्षमता हुनु पर्ने बताए ।

पत्रकारीता क्षेत्रमा महिलाहरुले नाम र दाम कमाउन सकने बताए । नेपाल प्रेस युनियन पर्साका अध्यक्ष रामनारायण कुर्मीको सभापत्तितवमा संचालीत कार्यक्रममा वष्ठि पत्रकार चन्द्रकिशोर झा,प्रशिक्षक र पत्रकार महासंघ प्रदेश नं २ का उपाध्याक्ष रिन्कु गाइत्री मिश्रा,प्रशिक्षक विविसि पर्सा सम्वदाता माधुरी महतो,वीरगंज महानगरपालिकाका उपमेयार शान्क्ती कार्की,पटेर्वा सुगौलीका उपध्याक्ष ममता महतो,नेपाल पत्रकार महासंघ पर्साका अध्याक्ष श्याम बन्जारा लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:2.816 sec. Memory consumption:81.41 mb